अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३७ | Colorodo: 20:52

छायाँछबि काव्य श्रृंखलामा कवि प्रभास र गजलकार सुशीला

बिआरटीनेपाल २०७४ मंसिर १७ गते २३:४९ मा प्रकाशित

खासगरी चलचित्र, संगीतको क्षेत्रमा काम गर्दै आइरहेको संस्था छायाँछवि क्रियशनले साहित्यिक कार्यक्रम पनि प्रारम्भ गरेको छ । यस अघि भदौ महिनामै मुक्तककार रश्मि रोदनको मुक्तक संग्रह ‘प्रियतम’को लोकार्पण कार्यक्रमबाट नै घोषणा गरिएको छायाँछवि काव्य श्रृंखलाको दोस्रो सिलसिला १७ गते आइतबार सम्मन्न गरेको हो ।

छायाँछवि काव्य श्रृंखलाको दोस्रो सिलसिलामा युवा चर्चित कवि हेम प्रभास एवं गीतकार तथा गजलकार सुशीला पौडेलले आफ्ना रचना प्रस्तुत गरेका छन् । साहित्यकार, कलाकारहरुको बाक्लो उपस्थितिका बिच सिटीम्याक्स बागबजारमा सम्पन्न कार्यक्रममा ओजस्वी कविता एवं गजल हेम प्रभास र सुशीला पौडेलले सुनाए । कवि हेम प्रभासले आफ्ना चर्चित एवं नयाँ कविताहरु करिव एक दर्जन सुनाए भने गजलकार सुशीला पौडेलले पनि त्यहि नै हाराहारीमा गजलहरु सुनाइन् ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले आफू पनि पहिले साहित्य मै क्रियाशील रहेको विचमा केहि टुटेता पनी अव काव्य श्रृंखलाका माध्यमले जोडीने बताए । हरेक महिना यसरी नै विभिन्न श्रष्टाहरु समेटेर नियमित कार्यक्रम प्रस्तुत गरिने उनले बताए । चलचित्र, संगीत एवं साहित्य एकै विधा हुन् भन्दै प्रियले आफूहरुले सेतु बनेर संगीतकर्मी, चलचित्रकर्मी एवं साहित्यकारलाई जोड्ने काम गर्ने बताए ।

कार्यक्रममा बरिष्ठ गजलकार एवं मुक्तककार ज्ञानुवाकरले विशिष्ट अतिथीको आशनबाट बोल्दै छायाँछविको यस प्रयासप्रतिको उद्देश्य आफूलाई मन परेको पौडेलले बताए । यसैगरी विशिष्ट अतिथीकै आसनबाट बोल्दै निर्देशक, लेखक, कलाकार मोहन निरौलाले आफु पनि पहिले साहित्यमै सक्रिय रहेको स्मरण गर्दै आफ्नो कविता समेत प्रस्तुत गर्न भ्याए । पछि चलचित्रमा लागेर लेखनको शैली चलचित्र तिर मोडिएको बताउँदै निरौलाले छायाँछविको कार्यक्रम अत्यन्तै सकारात्मक रहेको बताए ।

कार्यक्रममा उद्घोषण गर्दै छायाँछवि काव्य श्रृंखलाकी संयोजक रश्मि रोदनले कार्यक्रमको स्वरुपका बारेमा प्रष्ट्याएकी थिइन् । रोदनले विच विचमा मुक्तक सुनाउँदै आफू छायाँछवि काव्य श्रृंखलामा जोडिन पाएकोमा खुशी व्यक्त गरीन ।

कार्यक्रममा काव्य प्रस्तोता श्रष्ट्रा द्वय हेम प्रभाष र सुशीला पौडेललाई सम्मान समेत गरिएको थियो । कार्यक्रम हरेक महिना संचालन गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू