अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

चर्चित फोटोग्राफर राजिव श्रेष्ठको ‘ग्लाम क्यालेन्डर २०१८’सार्बजनिक साथै फोटो प्रदर्शनी मेरील्याण्डमा 

बिआरटीनेपाल २०७४ मंसिर १७ गते १०:१६ मा प्रकाशित
अमेरिकाको मेरील्याण्डको सिल्भर स्प्रिङ्ग्समा नेपालका ख्याती प्राप्त चर्चित फोटोग्राफर (भाचित्रक)राजिव श्रेष्ठको ” ग्लाम क्यालेन्डर २०१८ ” को सार्बजनिक साथै तस्बिर प्रदर्शनी भव्यताको साथ सम्पन्न भएको छ l
 
नेपालका चर्चित ग्लामर(मनमोहकता )तस्बिर खिच्ने मध्ये कै एक राजिव श्रेष्ठ द्वारा अमेरिकाको भर्जिनिया ,न्युयोर्क ,मेसेचुसेट्स राज्य तथा डिसी महानगर क्षेत्रमा अमेरिकामा रहेका नेपाली कलाकार तथा मोडलहरु(नमूना )युवायुवतीका उनले खिचेका छायाचित्रहरुको संग्रह गरिएका तस्बिरलाई पात्रो निर्माण गर्दै “ग्लाम क्यालेन्डर २०१८ “को सार्बजनिक गरेका छन् l
 
श्रेष्ठ हाल अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै छन् भने अमेरिकामा रहेता पनि आफ्नो पेशालाई निरन्तर दिई रहेका छन् l अमेरिकामा रहेतामा पनि उनलाई अमेरिकामा रहेका नेपाली कलाकार ,नमूना महिला तथा पुरुष तथा कलाकार ,मोडल (नमूना) क्षेत्रमा प्रवेश गर्न चाहने लाई समेतलाई उनले प्रोत्साहन गर्दै सहयोग गर्दै आएका छन् l
 
उनले नेपालमा रहदा पनि ग्लाम क्यालेन्डर (मनमोहकता  भित्ते पात्रो )निकालेका थिए भने त्यसलाई अमेरिकामा पनि त्यसलाई निरन्तरता दिएको बताए l उनले नेपालमा पहिला कलाकारहरुको पोस्टकार्ड (प्रेषकपत्र) त्यसपछि पोस्टर (भित्तेपात्रो )र त्यसपछि ग्लामर क्यालेन्डर (मन मोहकता पात्रो )निकालेको बताए l 
आफ्नो संक्षिप्त मन्तब्य राख्ने क्रममा नेपालमा २०६५ सालमा यामाहा ले सौजन्य गरेर पात्रो निकालेको बताए l आफुले गरेका उक्त काम बाट मुनाफा कमाउन नसकेको बताए l
 
अमेरिका आउनु मेरो सपना थियो भन्दै अमेरिकामा आएर पनि पेशालाई निरन्तरता दिएको बताए l ग्लाम क्यालेन्डर २०१८ ” को सार्बजनिक समारोहमा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की प्रमुख अतिथि रहेका थिए भने भने राजदुत कार्कीले शुभकामना दिएका थिए l समारोहमा मोडल (नमुना ) रिमा केसीले उमेर ले मोडेल बन्न नछेक्ने बताउदै आफू परिवारको प्रोत्साहनले समेत यस क्षेत्रमा होमिएको बताइन l  
 
समारोहमा राजिव श्रेष्ठ बारेमा उनको परिचय कार्यक्रम संचालिका सृजना सिंह योञ्जनले गरेकी थिइन् भने कार्यक्रममा ईनेप्लिजका तर्फ बाट विजय थापा तथा डिसी नेपाल बाट खेम भट्टचनले राजिवका बारेमा बोलेका थिए l
 
श्रेष्ठले उनले आफू बिदेशमा रहेता पनि आफ्नो पेशा लाई निरन्तरता दिएकोमा हर्ष व्यक्त गरेका छन् l
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू