अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

अमेरिकामा रूप कार्कीलाई अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा स्वर्ण पदक ​प्राप्त

बिआरटीनेपाल २०७४ मंसिर ४ गते २०:२१ मा प्रकाशित

​नेपाली मूलका एक मात्र तथा प्रथम भारत्तोलक रूप कार्कीले अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगिताको प्रतिस्पर्धामा स्वर्ण प्राप्त गरेका छन् l

नेपालको रुपन्देही स्थाइ घर भई हाल डिसी क्षेत्रमा डेढ दशक देखि बस्दै आएका कार्की नोभेम्बर १८ तारिख प्रतियोगितामा भाग लिन एटलान्टा पुगेका थिए l विमानस्थल अवतरण गर्ने बित्तिकै सम्पूर्ण नेपालीहरूको आशीर्वाद लिएर आएको छु र नेपाललाई विश्वमा चिनाउने मेरो प्रयास हुने कार्कीले भनेका थिए l

उनी आफ्नो उमेर र वजनको तौल समूहमा प्रतिस्प्रद्धिलाई उछिन्दै स्वर्ण पदक प्राप्त गरेका छन् l उनले कुल १४ सय पाउण्ड उठाई स्वर्ण पदक प्राप्त गरेका हुन् l उनलाई गत नोभेम्बर १६ तारिख बिहीबार डिसी महानगर क्षेत्र वरपर बस्ने नेपाली समुदायले उनलाई आमन्त्रण गरी शुभकामना दिएका थिए l छोटो समयमा गरिएको शुभकामना तथा बधाई कार्यक्रम मा उनले आफूले नेपालको नाम राख्न सक्दो प्रयास गरेको बताएका थिए l

उनले डिसीमा आफ्नो कुरा राख्दै कम्तीमा पनि १३ सय पाउण्ड उठाएका मात्र प्रतियोगितामा भाग लिन पाउने भएकोले आफू ले त्यो भन्दा ज्यादा उठाएकोले आफू सहभागी हुन् पाएको बताएका थिए l

उनले डिसीमा हालको स्थिति हेर्दा आफूले १४ सय पाउण्ड उचालेको छु भन्दै खेल हो र आफूले यतिनै उचाले भने राम्रो नतिजा आउने पनि हुन सक्ने बताएका थिए l

उनले थप जानकारी दिँदै हाल सम्म उनको उमेर र वजनमा १३ सय ८० पाउण्ड उठाएको मात्र उनले जानकारी गराएका थिए l उनी २ सय २० पाउण्डको वजन बाट प्रतियोगितामा सहभागी हुदैछन् l उनी शरीर बनाउन कुनै ओखति नखाएका (ड्रग टेस्टेड)समूहमा प्रतियोगितामा भाग लिएका भारत्तोलक खेलाडी हुन् l

नेपाली समुदायमा अमेरिकाको अहिले सम्मको इतिहासमा नेपाली मूलका भारत्तोलक रूप कार्की एक मात्र तथा प्रथम खेलाडी रहेका छन् l नोभेम्बर १८ र १९ तारिख जर्जीयाको एटलान्टामा अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा उनलाई उक्त पदक प्राप्त भएको हो l

भारत्तोलनको यो उच्चस्तरिय प्रतिस्पर्धा मध्यको एक हो । विश्वभरका अधिक वजन (हेभिवेट) भारत्तोलकहरु प्रतिश्पर्धी रहने सो प्रतियोगितामा छनोट हुने कार्की पहिलो नेपाली मूलका अमेरिकन हुन् । कार्कीले विभिन्न स्थानीय तथा राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागिता पनि जनाइ स्वर्ण पदक हासिल गरी सकेका छन् l

उनले सुरुका दिनहरूमा निराशा रहनु परेता पनि कहिले हरेस खाएनन् । आत्मविश्वास र नियमित निरन्तर अभ्यास ले नै आफूलाई यो स्तरको सफलता दिलाएको बताएका छन् l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू