अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 00:51

चलचित्र ‘बाह्रमासे’को सुभारम्भ काभ्रेमा

बिआरटीनेपाल २०७४ मंसिर १ गते २:२५ मा प्रकाशित

चलचित्र ‘बाह्रमासे’को सुभारम्भ गरिएको छ । बिहिबार काभ्रेको नालामा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीको प्रमुख आतिथ्यतामा मुर्हतसँगै चलचित्रको छायाँकन सुरु गरिएको हो ।

लय संग्रौला निर्देशित ‘बाह्रमासे’लाई प्रदिप पाठकले निर्माण गर्न लागेका हुन् । कमेडी जनराको यो चलचित्रमा बासु न्यौपानेको छायाँकन, किरण गहालको द्वन्द्व, कल्याण सिंहको सङ्गीत, विक्रम स्वारको नृत्य, पैसा घिमिरेको श्रृगार रहेने छ ।

सुदिप कुवंरको सहनिर्देशन रहने यो चलचित्रमा जयकिसन वस्नेत, पुजना प्रधान, दिलिप रायमामी, पुरन थापा, प्रदीप पाठक, वल्छी धुर्वे, सीपी पुडासैनी, सुरविर पंडित, रोमा विष्ट, शारदा गिरी, सुनिल सैजु, मोहन वझगाई, पर्दिप तिमिलसेना, विपन कार्की, आसिस श्रर्मा लगायतका कलाकारको अभिनय रहेने छ ।

प्रतिक्रिया