अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 16:42

सर्वाधिक पुरस्कार राशिको ‘पोखरा टाउन भेट्रान्स फुटसल’ प्रतियोगिता हुँदै

बिआरटीनेपाल २०७४ कार्तिक २९ गते ०:२६ मा प्रकाशित
प्रथम पोखरा टाउन भेट्रान्स कप फुटसल प्रतियोगिता हुने भएको छ । टिम टाउन लालिगुराँस पोखराको आयोजनामा स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा देशका विभिन्न शहरहरुबाट २० देखि २५ टिमले भाग लिने संयोजक सुमन गुरुङले बताए । प्रतियोगितामा भाग लिन टिमले ७ हजार शुल्क तिर्नु पर्ने गुरुङले जानकारी दिए । पोखरा लेखनाथ १४ स्थित न्यू एअरपोर्ट फुटसल चाउथेमा प्रतियोगिता हुने संयोजक गुरुङले बताए ।
मंसीर १६ र १७ गते हुने प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख र  दितीयले ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको संयोजक गुरुङले  जानकारी दिए । ‘पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितालाई हामी निरन्तरता दिने छौ,’ उनले भने, ‘प्रतियोगिताबाट बचत हुने रकम हामी खेलाडीलाई दिने छौ ।’
नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन जापान जाने १२ बर्ष मुनिको फुटबल टोलीलाई आर्थिक तथा अन्य सहयोग कार्यक्रमको मुख्य उद्धेश्य रहेको उनले बताए । बचत भएको रकम गरिब तथा जेहेन्दार विद्यार्थी एवं विविध सामाजीक कार्यमा खर्चिने योजना रहेको उनले सुनाए ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू