अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 04:42

अमेरिकामा रहेका ३ वर्षीय बालक आरोन अर्यालको मुटु प्रत्यारोपणका लागि सहयोगको अपिल

बिआरटीनेपाल २०७४ कार्तिक ९ गते ११:४३ मा प्रकाशित

अमेरिकाको कोलोराडो स्थित व्हिट रिजमा रहँदै आएका २ वर्ष १० महिनाका बालक आरोन अर्यालको मुटु फेर्नुपर्ने भएपछि सबैसँग सहयोगका लागि अपिल गरेको छ । बाबुराम अर्याल र सगुन अर्यालका छोरा आरोनको मुटु प्रत्यारोपण गर्न अमेरिकी डलर ५० हजार भन्दा बढी लाग्ने भएपछि कोलोराडोमा रहेका नेपालीहरूले बालकको उपचारका लागि सहयोगको अपिल गरेका हुन् ।

एकै चोटि ठुलो रकमको आवश्यकता परेपछि बालकका पिता बाबुराम अर्यालसंगै काम गर्ने सहकर्मीको संयोजकत्वमा रकम सङ्कलन अभियान सुरु गरिएको हो । प्रवासमा रहेका एक नेपालीलाई अप्ठ्यारो पर्दा सबै जना जुट्नु पर्ने मानवीय धर्मको आवश्यकता महसुस गरी सुरु गरिएको यो अभियानबाट बालकलाई बचाउन सकिने भएपछि आफूले सकेको रकम सहयोग गर्न अपिल गरिएको हो ।

मुटु जस्तो संवेशनशिल अङ्गको प्रत्यारोपणमा ढिलाइ गर्दा बच्चाको ज्यान जोखिममा पर्ने देखिएपछि तत्काल रकम जुटाउनु परेको कोलोराडोमा रहेका बिमल पौडेलले जानकारी दिए ।

थप जानकारी र सहयोग रकम संकलनका लागि यो लिकंमा जानुहोस् ।

https://www.gofundme.com/xd4cj-heart-transplant-for-aaron

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू