अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 17:14

किँरात राई कम्युनिटी अफ कोलोराडोद्वारा आयोजित देउसी भैलो कार्यक्रमबाट ७ हजार डलर सहयोग प्राप्त

बिआरटीनेपाल २०७४ कार्तिक ८ गते ९:२२ मा प्रकाशित

नेपालीहरूले महान् चाड तिहारको अवसरमा किँरात राई कम्युनिटी अफ कोलोराडोले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । कोलोराडो राज्यका दुई सहर अरोरा र डेनभरमा आयोजित वृहत् देउसी भैलो कार्यक्रम मौलिक नेपाली बाजागाजा सहित मौलिक परम्परा अनुसार नै देउसी भैलो भट्याउने देखी तिहारका परिकार र पुजा आजा सहित सम्पन्न भएको हो ।

विगत केही समय अगाडिबाट अमेरिकाको कोलोराडो कर्मथलो बनाउँदै आएका क्षितिज कुलुङले भने, हामी कर्मले विदेशीए पनि हाम्रो उद्देश्य भनेको नेपाली संस्कृतिलाई जोगाउनु र विश्वभरि चिनाउनु हो ।

त्यस्तै पछिल्लो समयमा विदेशी संस्कृतिको प्रभावमा परेर नेपालीहरू स्वयमले आफ्नो संस्कृतिलाई बिर्सन थालेका छन् । पहिले पहिले मौलिक रूपमा आफ्नै परिवेशका बाजा र गीतहरू गाउँदै तिहार खेलिन्थ्यो, तर अहिले विभिन्न हिन्दी र डिस्को गीतमा नाँचेर तिहार खेलिन्छ, भट्याउने चलनपनि हराइसक्यो । त्यस्तैै नव पुस्ताहरुलाई हाम्रो सांस्कृतिको बारेमा जानकारी र यसलाई संरक्षण गर्न प्रोत्साहन होस भन्नका लागी पनि देउसी भैलो कार्यक्रम आयोजना गरिएको बताइएको छ । 

कार्यक्रममा आरुषी क्रियसनका विभिन्न कलाकारहरू सुस्मिता गुरुङ्ग, मालती मगर, सपना गुरुङ्ग, धन राई, अविरल राई, देचन द्रुक्पा, निरज लिम्बु, आदित्य गुरुङ, आयुष गुरुङ्ग, स्वस्तिका क्षेत्री, रेवाज गुरुङ्ग, विवेक मगर, सपना राई, मनोज राई, राज क्षेत्री, सन्ध्या राईले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेर मनोरन्जन प्रदान गरेका थिए भने, विपना गुरुङ्गले सीने गुरुङ्गको आवाजमा रहेको के को माला के को माला बोलको मारुनी गीत र सबै भन्दा सानी कलाकार मन्जिला राईले जुनु रीजलको आवाजमा रहेको डाँफे झैँ नाचने हिमाल झैँ हाँस्ने नेपालकी छोरी हुँ म, बोलको गीतको नाचले सबैलाई चकित पारेकी थिइन । कीरात राई कम्युनिटी अफ कोलोराडोले आयोजना गरेको वृहत् देउसी भैलो कार्यक्रम ५ दिन सम्म चलेको थियो । कार्यक्रमा नगद ७ हजार डलर सहयोग रकम प्राप्त भएको बताइएको छ । कार्यक्रम डा. सन्दिया राई शेर्पा र सफल ब्यबसायी कर्शङ्ग शेर्पाको घरमा पुगेर समापन भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू