अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:११ | Colorodo: 17:26

कोलोराडोमा ‘नेपाली घर’द्धारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ कार्तिक ७ गते २१:२० मा प्रकाशित

नेपालीहरुले दोश्रोे महान चाड तिहारको अवसरमा नेपाली समुदायको बाक्लो बसोबास रहेको शहर बोल्डर र लङमन्टमा देउसी भैलो खेल्ने कार्यक्रम सम्पन्न भएको छ । कोलोराडोमा कृयासिल नेपाली घरको आयोजना तथा स्थानीय संघ संस्थाको सहयोगार्थ बोल्डर र लङमन्टमा देउसी भैलो खेलिएको हो ।

यसरी देउसी भैलो खेलीएका स्थानहरुमा अक्टोवर १८ सांझ एभरेष्ट रेष्टुरेन्ट लङमन्ट र अक्टोवर १९ सांझ बोल्डर स्थित मीडोज कम्यूनिटी हल रहेको छ । देउसी भैलो कार्यक्रममा स्थानीय कलाकारहरुले आङ्खनो कला जोडदार प्रस्तुत गरेका थिए । त्यसैगरी सधै देउसी भैले खेलीने अरोरा शहरमा भने यसबर्ष बिशेष कारणले देउसी भैले हुन नसकेको महासचिव निर्मल श्रेष्ठले बताएका छन् ।

देउसी, भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने सबै समुदायका गन्य मान्य, कलाकार, पत्रकार, बुद्धि जिवी, ब्यापारी तथा सर्बसाधारणको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित कतिपय आ–आनो जातीय पहिरनमा आएका थिए भने, छुट्टै जातीय पहिरन नहुनेहरुले पुरुषहरु दौरा सुरुवाल, महिलाहरु साडी चोलो लगाएर कार्यक्रममा सहभागी भएका थिए ।

नेपाली घरका अध्यक्ष लक्षुमण रानाले नेपालीहरुको भाषा, संस्कृती, रिती रिवाज, तथा भेषभुषा स्थानीयलाई पहिचाहन गराउन तथा अमेरीकामा जन्मे हुर्केका बाल बालिकाहरुलाई हाम्रो संस्कृती सिकाउने उद्धेश्यको साथ हरेक बर्ष देउसी भैलो लगायत बिभिन्न सांस्कृतीक कार्यक्रमको आयोजना गरिदै आएको बताएका छन् । अध्यक्ष रानाले देउसी भैलोबाट संकलित रकम खर्च कटाएर बाकी रहेको १ हजार ३ सय ३४ डलर नेपाली घरको खातामा जम्मा गरिने जनाएका छन् । उनले यो रकम नेपाली घरको मात्र नभएर संम्पूर्ण कोलोराडो बासीको हो र उक्त रकम नेपाली घर निर्माणको लागि मात्र खर्च गरिने प्रष्ट्याएका छन् ।

प्रतिक्रिया