अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

छोरालाई सन्देश – धुव्र थापा

बिआरटीनेपाल २०७४ भदौ २९ गते ५:०१ मा प्रकाशित
मेरो मन्द गतिमा धड्किएको मुटु भित्र रगत बनेर चलिरहेको  मेरो प्राण को नदि,  कठाड़ंग्रिने जाडो अनि निस्पट अन्धकार मा आउने मेरो आशाको सूर्य, रत्न हरुको पनि रत्न मौसम हरुको बसन्त हिमालहरुको सगरमाथा  मेरो  प्यारो छोरा प्रेम तिमीलाई तिम्री दुखी आमा को साचो र न्यानो  माया छ प्रतेक बिहानी र साझमा तिम्रो लागी भगवान संग मागेको लामो र खुसि जिबनको शुभ आशिर्बाद।
मनका कुनामा थुप्रै बह हरु छन ति बेदना का आधीहरुलाई मसी बनाएर कलम बाट पोखेर अब त तिमी ले बुझ्ने अक्षर लेख्न सक्ने भएकी छु आफैले लेखेका अक्षर हरुमा तिमीलाई भुटेको बासी भातको गन्ध मिसाएकी छु ।गुन्द्रुक हालेको कोदोको खोलेको गन्ध मिलाएकी छु। जुन तिमीलाई अती मन पर्दथ्यो र हाम्रो जिबन संङग पनि सामिप्य छ। अगेनाको डिलमा बसेर तिमी बाबुछोरा सुरुप्प पारेर पिउथ्यौ त्यो कोदोको खोले म खुसीले हेरिरहन्थे र अघाउथ्य त्यही सम्बन्ध को स्वाद मिसाएकी छु अक्षर हरुमा तिमीले रुचाऊने गरि ।
छोरा आर्काको भर पर्दा को परिणाम बुझेकी छु मैले त्यसैले माझटारमा प्रौढ कक्षा पढेर लेख्न जानेकी हु। बारह खरी नजान्नाले तिम्रो बा लाहुर जादा  अरुलाई नै चिठी लेख्न लगाउथ्य  रात साझ, बेला कुबेला केहि भन्न नपाईने ,आफ्नो मनको कुरा लेख्न लाउनै पर्यो केरे  तिनीहरु ले गाठी कुराको भेउ पाए पछि कम्ता हेपेका थिएनन र मलाई ।
बाबु पुरै देश दुखीरहेको बेला फेरि चुनाव आउदै छ गाम मा  म आरामै छु कसरी भनम त्यही चुनावको ज्वरोले अहिले सम्म थलिएकी थिए बल्ल शरिर ले कत्ला फेर्दै थियो फेरि महामारि बनेको त्यो चुनावको हुरी आउदैछ अरे नजिकै, देश र हाम्रो जिबन टोक्ने त्यही भाईरस फेरि पनि यही चुनावले लिएर आउछ की भनेर खुबै डराएकी छु  परार चुनावमा मिसिएर आएका यि किटाणुहरू अझै मरेका छैनन भनेर माईला बा ले हिजो भन्दै थिए।देशको मृत्यू सङ्गै सती जानु पर्लाकी  की भनेर आत्तीएकी छु ।तिम्रो अस्तित्व हराउला भनेर पिर लाऊच मलाई ।
कहिल्यै नदेखिने नौला मुन्छेहरू गाममा ओहोर दोहोर गरेकाछन अचेल म  डर र आक्रोस  को मिश्रीत भावमा घर पछाडि बाट लुकेर हेर्छु यस्तै मुन्छेले हाम्रा खुशीहरु लुटेर लगेको कहा बिर्सेकी छु र छोरा मैले। अहिले सम्म यि ओठहरुमा आलिकती पनि हासो जुटाऊन सकेकी छैन ।फागु जस्तै हाम्रो जिन्दगी ले  सेतो रङग बोक्यो अलिकती पनि फूलेको छैन मेरो मनको बारीमा आखाको नानीमा कुनै खुशी । म यो चुनावी हुरी सङ्ग कसरी बिश्वास राखु ।
बद्ध रोएका छन यहा सच्चा मान्छे को आत्मा भित्र मेरा साठी  धर्का परेका ओठमा कसरी मुस्कान को कुरा लेखम। परिवार संगै बस्ने हाम्रो मात्र हैन रहेछ प्राय नेपाली को भाग्य नै त्यसतो रहेछ। अचेल लर्को लागेर बिदेस जान्छन अरे तिमी जस्ता यूवक भनेर रेडियो ले खबर भन्छ  म तिमीलानै सम्झन्छु यस्ता कुरा सुनेपछि।पहिला पनि  कति त्यस्ता राम्रा मुन्छे हरू गएर फर्केर आएनन अरे  भनेको सुनेकी रेडियो को खबरमा ,आत्मा बेच्न पर्ने अबस्था आए पछि आफ्नो स्वाभिमान बोकेर गका अरे तिनीहरु । पिपल डाडे साईलाको छोरो नि कुन पार्टीको मुन्छे बनेछ कुन्नी अनेक मुन्छे ल्याऊछ घरमा  पैसा पनि खुब कमाछ अरे ताल किनार को खेत पनि किन्योअरे भनेर फौदारे भाईले भन्दैथियो। लुटपाटीमा लागेर जे गरेनी हामी जस्ता निमुखा ले सहनै पर्यो केरे
छोरा  एकथरी मुन्छेहरु ले भनेका छन यो देशको आकाशमा बिहानी भैसक्यो अरे  अब दिनको उज्यालो मा जिबन सेकाउनु पर्छ त्यही भएर चुनाव हुने अरे । तर  तिमी यो भ्रम लाई साचो भनेर पटक्कै नपत्याउनु है। रातको कालोमा हामी छोपीरहेकै छौ पत्याउदिन छोरा म पनि मान्छे उसैगरि मरेका छन लुटिएका छन दुधे नानीहरू बलात्कृत भई रहेछन घुसखोरी हरु सम्बृद्ध बनेर शहर डुल्छन।  रातको प्रहर अझै बाकी नै छ छोरा उनि हरु भन्छन आकाशमा घाम लाग्यो म देख्छु मध्यरातको  जुन । तिमी देश अध्यारो बाट मुक्त नभ्एसम्म फर्केर नआउनु है  कतै रातको आडमा तिम्रो बाबुलाई शिकार गर्ने तिनै शिकारी हरु तिम्रो पनि त्यसैगरि शिकार गर्छन की भन्ने डर लाग्छ।
घाम र जुन   प्रकाश दुबै ले छरे पनि फरक छ तिनीहरु को ऊज्यालो रातको साम्राज्य भित्र जिबन खस्दा त्यही जुनले देखेको छ हाम्रो बियोग अझै आकाश रातमा हराको छ  तिमी भ्रम मा परेर यता नआउनु रात संग हामी हारेका छौ रातको अन्धकार मा क्षतबिक्षत बनेको हाम्रो जिबनको बगैचा। तिमीलाई मैले धेरै टाढा कता हो कता अन्जान ठाउमा पठाए उज्यालो भएर घर फर्कने आशा मा जहा तिमीले दश बर्ष गुजार्यौ। दिनको उज्यालो  पर्खाई मा घाम बनेका मेरा ममताका आभा हरु बोकेर अझै तिम्रो स्पर्श खोजी रहेकी छु। पर्खीरहेकी छु। एक दिन आमाछोरा स्वतन्त्र भएर निभर्य हास्ने आशामा।
हरेक रातहरु मा तिम्रो सम्झना बगेर आफै भीज्ने गर्छु अचेल  नितान्त एक्लो झुपडीमा सात समुन्द्र पारीको तिम्रो अनुहारको ज्योतिले मात्र उज्यालिंन्छु  अनि तिम्रो पर्खाई को  आशा बोकेर दिन बाच्ने गर्छु .. उपल्लो  गाउको बिरे संग तिमीले पठाएको नासो पाए ।मेरो मन सार्है भक्कानियो बालुवाको राप मा सेकिएर मनले मृग तृष्णा बोकेर रहरका बिउ हरू मासेर  खुशीका ति हुर्कदा सपनाहरु लाई मनै को जेलमा थुनेर कलिला हातले कसरि काम गरेर  यस्तो पठायो होला भनेर धिक्कार लग्यो मलाई  तिमीलाई मेरो काख मा राखेर दुइ गास भात ख्वाउन सकिन …त्यही भोक को दुखाई ले मेरो प्रेम  तिमि बिदेसिन बिबस थियौ । यिनै चुनाव बोकेर आउने मुन्छे हरूले नै हाम्रो जिबन लाई हाम्रै आँखाको संघारमा पगालेका थिए।
छोरा यतिबेला  तिम्रो बाऊको जिबन खाने त्यही ब्वासो जस्ले टोकी टोकी मार्यो तिम्रो निर्दोष बाबु लाइ र हामी पनि प्रतेक दिन मरिरहेछौ जिऊदै ।हो उ पनि चुनावी हुलमा आउदै छ रे  तिमी उसलाई रक्षा गर्ने वफादार कुकुर हो भनेर भ्रम नपर्नु उ अचेल शिकार खोज्न साधु बनेर शहर पसेको हो। जसका कारण तिम्रो कलिलो जिबन बालुवाको तातो राप मा आज मृगतृष्णा   बोकिरहेछ  कथित सपनाका ब्यापारी कतीको जिन्दगी सपना देख्दै गर्दा रित्याईदिए हाम्रो सानो बगैचा उजाड बनाइदिए।
आज  हामी आखामा पिर बोकेर जिबन तट्पाउन बाहेक अरु केहि गर्न सकेनौ लाचार हुन बाध्य  बन्यौ … मेरो प्यारो छोरा  अलिकति ज्वरो आउदा पनि तिमीलाई मेरो स्पर्स  चाहिन्थ्यो मलाई सारै पिर छ बिरामी हुदापनि  काम गर्नै पर्छ अरे परदेसमा ।
मेरो जस्तै थुप्रै चोटहरु बढ्दै गएर पुरै देश दुखेको छ आज  तिमीजस्तै बिबस बनेका हरु  को पलाएन ले गाउघर खाली बनेको छ  तैपनि  बेशर्मी  अन्धकार का मलामी हरू जन्ती बनेर राजधानी मा भोज गर्दैछन भोट लिन गाऊ ऊक्लदै छन।  हाम्रो जिबन भत्काउने ले …देश चलाउने अरे .रातमा तरबार बोकेर बिधवा टुहुरा बनाउने अपराधीलाई म यो देशको शासक कदापी मान्दिन छोरा  तिमी पनि कहिल्यै नमान्नु है।
म कसरि बिर्सन्छु त्यो पल …..
आज धेरै वर्ष बित्यो बाबु त्यो अन्धकार रातले हामीलाई बेसहारा बनाएको ,हाम्रो जिबन को फुलबारी भत्काएको अनि हाम्रा सम्पूर्ण रंगहरु पखालेर नितान्त स्वयत  जिबन दिएको। सम्झन नाचहादा पनि फेरि देशमा चुनाव  फर्केर आएको छ मलाई चुनाव  संग कुनै गुनासो हैन गुनासो ति हत्यारा हरु संग छ  जसले राजनिको आडमा निर्दोष हरु मारेर देशको मुहार फेर्ने कुरा गरे र रगत ले नुहाएर  मात्र आफू फेरिए ।
जातका कुरा तिनैले गरे हामीलाई तल्लो जात भनेर यिनीहरुनै तर्कीन्छन, बरु टिभी मा नाटक गर्ने धुर्मुस भन्ने केटाले दलित संगङै बसेर भात खायो अरे जात जातीमा छुवाछुत गर्नु हुन्न भन्छ  तराईको मुसहर बस्ती बनाउँदै छ अरे भनेर रेडियो ले खबरमा भनेको सुनेकी भूईतालो आउँदा पनि धेरै घर बनाईदियो  अरे त्यस्तो मुन्छेपो नेता हुनु पर्ने । अपराधी लुटेरा छन नेतहरू त !
जुनले आफ्नो रंग छर्ने बेला  थियो तिम्रो  अबोध चाहनामा मिठो खुसि भर्ने बेला थियो दसैको खुसियाली फुलेको थियो आगनमा ।जमरा थिए मझेरीमा हो त्यही बेला आफ्नो पक्ष मा नभएको भनेर तिम्रो  सोझो र इमान्दार बाबु लाइ घर तलको खोल्सोमा लगेर हत्या गरे।  तिमीलाई पनि मार्छन भन्ने डरले  बचाउन र गरिबी दुखेको हाम्रो अबस्थाले ले तिमिलाइ म देखि टाढा पठाए आज हाम्रा चाढपर्बहरु आआफ्नै आखा बाट खस्ने गर्छन। छोरा प्रेम हामीले धेरै सहेयौ लाचार बनेउ फेरी ति गीद्ध हरु हाम्रो  आकाश भरि ऊडेका छन अचेल, तिमी परेवा भनेर भ्रम नपर्नु ।
बरु म केही समय रात संग बिद्रोह  गरौला तर यो देशमा उज्यालो भयो भनेर नफर्कनु  ।देसको छातीमा बिझेका काडा हरु लाई हटाएर  जिउदो मान्छे खान पल्केका ब्वासा हरुलाई फलामे घर भित्र राखेपछि, चूनावको साचो परिणाम ले शान्तीको घाम ऊदाएपछि बल्ल तिमी फर्केरआउनु  ।यो बेला रातकै बेला छ।दिन भएपछि आउनु  सेता  परेवा उडाएर तिम्रो बाबु कोआत्मा भित्र  शान्ति भरिदिन मन छ मलाई
त्यति बेला तिमी आउनु जती बेला साच्चै नया र स्वतन्त्र    नेपाल को स्रृजना भएको होस परजिबी हरु निमीट्यान्न भएका हुन मेरो कलेठी ओठमा मुस्कान होस रात ले कहिल्यै नजितोस   दिनको उज्यालो मा शान्ति का परेड देखीएको होस हो तिमी त्यही बेला मात्रै तिमी  आउनु ।।
तिमीलाई माया गर्ने आमा
सान्ति नेपाली।।
प्रतिक्रिया