अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०६ | Colorodo: 13:21

काव्यकार जोशीलाई नागरिक अभिनन्दन

बिआरटीनेपाल २०७३ चैत २५ गते ९:४१ मा प्रकाशित

धनगढी, २४ चैत । दुई दर्जन बढी कृतिका रचनाकार साहित्यकार मनिराज जोशीलाई यहाँ नागरिक अभिनन्दन गरिएको छ ।

औपचारिक शिक्षा नलिएर पनि स्वअध्ययन गरी छ वटा महाकाव्य लेख्नुभएका उहाँलाई यहाँस्थित नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान लगायत यस क्षेत्रका दुई दर्जन बढी साहित्यिक तथा सामाजिक सङ्घसंस्थाले अभिनन्दन गरेका हुन् ।

‘महाकाव्यकार मनिराज जोशी नागरिक अभिनन्दन समारोह’मा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रशाद उप्रेतीले जोशीलाई सो अभिनन्दन गर्नुभएको होे ।
आयोजक संस्थाका अध्यक्ष साहित्यकार पदमराज जोशीले अभिनन्दनका छन्द कविता वाचन गर्नुभएको थियो ।

यसअघि जोशीलाई बाजागाजा र शोभायात्रासहित उहाँको निवास धनगढी उपमहानगरपालिका–१ बाट बजारका मुख्य भागको परिक्रमा गर्दै कार्यक्रमस्थल कैलाली उद्योग वाणिज्य सङ्घको सभाहलमा पु¥याइएको थियो ।

सम्मानित व्यक्तित्व जोशीले सुदूरपश्चिममा जन्मेर राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान पु¥याएका चार व्यक्तित्व नाटककार पहलमानसिंह स्वांर, अमर सहिद दशरथ चन्द, मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह र सामाजवादी नेता एनडीप्रकास चटौतका जीवनमा आधारित महाकाव्य रचना गर्नुभएको छ ।

उहाँले डोटीको प्रसिद्ध शक्तिपीठ शैलेश्वरी र प्रमुख पर्यटकीय क्षेत्र खप्तडका नाममा पनि महाकाव्य रचना गर्नुकासाथै आधा दर्जन खण्डकाव्य र विभिन्न विधामा २४ वटा साहित्यिक कृति रचना गर्नुभएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू