अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१७ | Colorodo: 13:32

एनआरएन फ्रान्सको सातौँ महाधिवेशन सम्पन्न

बिआरटीनेपाल २०७४ भदौ १५ गते १९:३६ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ (एन.आर.एन.ए) फ्रान्सको सातौँ महाधिवेशन प्रमुख अतिथि नेकपा एमालेका नेता एवं पूर्व उप प्रधान मन्त्री तथा परराष्ट्र मन्त्री ईश्वर पोखरेलको आथित्यमा र गैर आवसिय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय परिषद्का उपाध्यक्ष कुमार पन्त विशेष अतिथि रूप साथै परिवेक्षकरूपमा अन्तर्राष्ट्रिय परिषदका सचिव अर्जुन कुमार श्रेष्ठको विशेष उपस्थिति समारोहका बिच सम्पन्न भएको छ ।

महाधिवेशनले एक बहादुर मल्लको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा गीता खनाल थापा र उपाध्यक्षमा चेतभक्त ढुंगाना, महासचिवमा नरेन्द्र शाही ठकुरी, सचिवमा प्रविन सापकोटा , कोषाध्यक्षमा मिनकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा अजय अन्तोवान उप्रेती रहेका छन् ।

त्यसै गरी युवाप्रतिनिधिमा प्रमोद पाण्डे, महिला प्रतिनिधिमा पान कुमारी मल्लको साथै सदस्यहरूमा शिखा राई ‘अस्मिता’ , देवी जङ्ग गुरूंग, शिव शर्मा ,नितेश पौडेल र अन्तर्राष्ट्रिय समन्वय परिषद् (आई.सी.सी.) सदस्यमा सुवर्ण विक्रम हमाल ठकुरी निर्वाचित भएका छन् ।

यसैबिच निर्वाचित समितिले महाधिवेशनमा उपस्थित प्रमुख अतिथि, विशेष अथिती एवं सम्पूर्ण अथितिहरू, सङ्घका सल्लाहकारहरू, भु.पु. पदाधिकारीहरू, निर्वाचन मण्डलका संयोजक एवं निर्वाचन मण्डलका सदस्यहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, संस्थाका पंजीकृत सदस्यहरू लगायत सातौँ माहाधिवेशनमा उपस्थित माहानुभावहरू लाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा समेत सहयोगको लागी अनुरोध गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू