अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

सचेत भएर कार्यसम्पादन गर्न पत्रकारलाई संचारमन्त्रीको आग्रह

बिआरटीनेपाल २०७७ पुष २८ गते ६:२२ मा प्रकाशित

संचारमन्त्री पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका प्रतिनिधि सँगको भेटमा उहाँले अहिले भैरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो ।

मन्त्री गुरुङले समाचारको माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व ब्यबस्थापन गर्न सकिने भए पनि अहिले उल्टो पत्रकारिता भैरहेको बताउनुभयो ।अहिले पत्रकार देख्ने बित्तिकै डराउनुपर्ने अवस्था रहेको उहाँको टिप्पणी थियो ।

सरकारले राम्रो काम गरेपनि बिरोध नै गर्नु पर्ने भन्दै पत्रकारिता पेशाको सम्मानको लागि सच्चिनु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।राम्रो कामको प्रतिपक्ष दलले पनि प्रशंसा गर्ने गरेको भए पनि संचार जगत किन पूर्वाग्रही भएको भन्दै आश्चर्य ब्यक्त गर्नुभयो । काठमाडौं शाखाले विभिन्न माग समेटेको १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू