बाल्टिमोरमा बानाको सडक महोत्सव सम्पन्न
Loading...

विजय थापा ,वासिङ्टन डिसी

Published on October 19, 2016 at 12:34 am

bana-7

अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोर स्थित दि बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना )को आयोजनामा गत अक्टोबर १६ तारिखमा भएको सडक महोत्सव हर्सौल्लास साथ सम्पन्न भएको छ l नेपालीहरूको महान् चाड दसैँ तथा आउदै गरेको तिहारको शुभ साईतको अवसरमा सम्पन्न भएको दोस्रो सडक महोत्सव विविध कार्यक्रमको साथ समापन भएको छ l हरेक वर्ष नेपालीहरूको मुख्य चाड पर्व आफूले मात्र मनाउने गरेको तर हाम्रा संस्कृतिलाई अन्य समुदाय तथा संस्कृति बोकेका समुदायलाई समेत जानकारी गराउने उदेस्यले गरिएको आयोजकले बताएका छन् l यसको साथै नेपालीको पहिचानलाई कायम गर्ने समेत मुख्य ध्येयले सडक उत्सब गरिएको जानकारी दिएका छन् l

bana1
कार्यक्रममा स्वास्थ्य शिविर समेतको व्यवस्था गरिएको थियो भने नेपाली खानाको पर्दर्शन ,झाकी ,विभिन्न जातजातिले आफ्नो भेष भूषा तथा पुरुषहरुले नेपाली दौरा सुरुवाल लगाएर आएका थिए l कार्यक्रम मा झाकी प्रदर्शन को साथै नेपालका मौलिक सांस्कृतिक नृत्य ,लाखे नृत्य तथा अन्य विशेष नृत्य समेत प्रस्तुत गरिएको थियो l कार्यक्रममा झाकी ,औपचारिक कार्यक्रम ,सांस्कृतिक कार्यक्रम तथा सडकमा नेपाली खाना तथा हस्तकलाका सामाग्रीहरू सजाएर राखिएका थिए l नेपाली समुदाय तथा विदेशीहरूले पनि बडो अभिरुचि पूर्वक सहभागिता भएको देख्न्थ्यो l bana-8

बानाका सभापति कुल मणि आचार्यले विशेष जानकारी गराउदै बाल्टिमोर नजदिक रहेको टाउसन विश्वविद्यालयसँग बानाको सिफारिसमा उक्त विश्व विद्यालय मा छात्रवृतिको सिफारिस गर्न पाउने विषयमा समझौता भएको बताए l यसको साथै उक्त विश्व विद्यालयमा अध्ययन गर्न बानाले आफैले सौजन्य गर्न सक्ने पनि रहेको बताए l टाउसन विश्वविद्यालयले सडक महोत्सवमा आफ्नो प्रचार प्रसार समेत गर्न प्रदर्सनी कक्ष राखेको थियो l

अध्यक्ष आचार्यले बाल्टिमोर काउन्टी तथा सहरबाट आउने प्रतिनिधिहरूले स्थानीय विकासको लागि नेपाली समुदायको महत्त्वपूर्ण भूमिका रहेको तथा यस क्षेत्रमा नेपालीहरूको सामुदायिक केन्द्रको स्थापनाको लागी बाना सँग मिलेर काम गरी रहेको बताएका छन् l

औपचारिक कार्यक्रममा कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की(बिद्या वारिधि )महा वाणिज्य दुत प्रेम राजा महत ,अमेरिकाको भ्रमणमा रहेका नेपालका माननीय सुशील कुमार श्रेष्ठ ,विदेशी अतिथि, सयुक्त राष्ट्र सङ्घको युवा सम्मेलनकी युवा अध्यक्ष जोली अमात्य लगायत केही अन्य नेपाली समुदायका केही व्यक्तिहरूले शुभकामना दिनुको साथै मन्तव्य राखेका थिए l

सडक महोत्सवकै समय मिलाएर कराते खेलाडी उज्ज्वल ठकुरीले गिनिज बुक अफ वल्र्ड वोर्ल्ड रिकर्ड” को लागी प्रदर्शन गरेका थिए l महोत्सवलाई भव्य बनाउनका लागि बाल्टिमोर क्षेत्र मा रहेका विभिन्न सङ्घ संस्थाहरू म्याग्दी समाज अमेरिका, बाग्लुङ समाज अमेरिका, चितवन समाज अमेरिका, एनईसीसी टिई सी समूह ,कास्की समाज अमेरिका, नेवा अर्गनाइजेसन अफ् अमेरिका, नेपा पासा: पुच अमेरिकाये्, पर्वत समाज, बाल्टिमोर आमा समूह, तमु समाज अमेरिका, गुरुङ समाज अमेरिका, नासो कम्युनिटी अमेरिका तथा तनहुँ समाज अमेरिका को ठुलो भूमिका रहेको थियो l bana-1

यसै गरी एभरेष्ट ब्याण्ड मेरिल्याण्ड, मगर समाज अमेरिका, एभरेष्ट वर्ड क्लास तेक्वान्दो, एभरेष्ट इन्टर्टेन्ट्मेन्ट लगायतले समेत सहकार्य गरेका छन् भने एनआर एन अमेरिका ,एनआरएन मेरिल्याण्ड शाखाले सहयोग गरेका थिए l सडक महोत्सवलाई व्यापक प्रचार तथा प्रसार गर्न ठुलो भूमिका निर्वाह “मेरिल्याण्डका हामी नेपाली” का सृजन ताम्राकारले विशेष भूमिका निभाएका थिए l नायिका ऋचा घिमिरेले कार्यक्रम सञ्चालन गरेकी थिइन् l

bana-4

bana-6

bana-9

bana-13

Loading...

यसमा तपाइको मत