नारायणपुरमा डान्स आईकन दाङ (डि.आई.डि) तिहार सांगितीक महाउत्सवको रौनक
Loading...

दिपक वलि - दाङ, २ कार्तिक

Published on October 18, 2016 at 10:31 am

unnamed

नृत्य विद्याको प्रतिस्पर्धात्मक महासंग्राम मध्यपस्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता डान्स आईकन दाङ (डि.आई.डि) तिहार साँगितिक महाउत्सव नारायणपुरमा आयोजना हुने भएको छ ।  स्थानीय तथा केन्द्रिय कालाकारहरुको साँगितिक समागम तथा डान्स आईकन दाङका प्रतिस्पर्धीहरुको आत्मविश्वास बृद्धि र केन्द्रिय कलाकारहरुसंगको संपर्क सेतुका लागि कार्यक्रम आयोजना गर्न लागिएको  हो ।

साँस्कृतिक समिति संयोजक हरिवंश आर.सीका अनुसार डि.टेन ईन्टरटेन्मेन्ट प्र.लि त्रिपुरको आयोजनामा हुन लागेको कार्यक्रममा केन्द्रिय कलाकारहरु प्रमोद खरेल, ज्योति मगर,रश्मि तामाङ्ग,खुमन अधिकारी,रिना थापा मगर, टोपेन्द विष्ट,बल्छि ध्रुवे,लेखान्त भुसाल भावुक,युनिक क्रिस,मंगोलियन हेमन्त,जलजला अधिकारी,तेजेन्द्र के.सी, (डि.आई.डि) ब्राण्ड एम्बेसडर लोसिना लामिछाने, गोल्डेन आईडल बिजेता बर्षा लम्साल,मोडल सौगात जि.एम,सरद समिप लगाएतका बरिष्ठ कलाकारहरुले स्टेज तताउने छन् ।

त्रिपुर १ नारायणपुर स्थित ग्रेट बुद्ध एकेडेमिको प्राँङ्गणमा यहि कार्तिक ९ गते देखि १४ गते सम्म आयोजना गरिने महा उत्सवमा प्रवेश सुल्क रु.१सय राखिएको कार्यक्रम आयोजक मूल समिति अन्तर्गत गठित आर्थिक उपसमितिका संयोजक डिल्लि बहादुर वलिले जानकारी दिए ।

कार्यक्रमको पहिलो दिन अर्थात कार्तिक ९ गते डान्स आईकन दाङको पब्लिक राउण्डको आयोजना गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।

Loading...

यसमा तपाइको मत