‘बर्क्ली मकालु लायन्स क्लब’को नृत्य प्रतियोगिता र डान्स एकाडेमीको उद्घाटन (भिडियो)

विआरटी नेपाल सम्बाददाता,

Published on October 17, 2016 at 9:16 pm

unnamed-2

अक्टोबर ९, २०१६ मा बर्क्ली मकालु लायन्स क्लबको प्रायोजनमा नेपाली नृत्य प्रतियोगिता तथा मकालु डान्स एकाडेमी को विधिवतकार्यक्रमको साथ् उद्घाटन समारोह बर्क्ली स्थित सिनियर सेन्टरमा भव्यताको साथ् सम्पन्न भएको छ । नेपालको वरिष्ठ नृत्य निर्देशक श्री वसन्त श्रेष्ठद्वारा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको उक्त एकडेमीको सञ्चालन लायन संगीता शर्मा र लायन प्रीति थापाले प्रशिक्षण दिने जानकारी क्लबकी अध्यक्षा मनोहरा बोगटीले जानकारी गराउदै सबैको सहयोग र साथले मात्र यो पुनित कार्य सफल हुने भएकोले अब हामी अझ जिम्मेवारीको साथ् यस कार्यमा जुट्ने जानकारी गराएकी थिइन् ।unnamed-1

मनोहर बोगटीको अध्यक्षतामा सम्पन कार्यक्रममा डिस्ट्रिक ४ सी ३ को फर्स्ट भाइस डिस्ट्रिक गभर्नर राजेन थापा, भुतपुर्ब गभर्नर लिंडा ग्रीफिन, गाइडिंग लायन एल सताके लगायत विभिन्न सङ्घ संस्थाको प्रतिनिधिहरू को उल्लेखनीय उपस्थिति रहेको थियो। लायन्स कल्ब डिस्ट्रिक ४ सी ३ का जोन चियर ध्रुव थापा र बर्क्ली अन्नपुर्णकि भूतपूर्व अध्यक्षा लक्ष्मी चौधरीले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष विजया सुबेदीले गरेकी थिइन्। उनले सबैलाई स्वागत गर्दे सम्पूर्ण प्रायोजकहरु र उपस्थित समाजका प्रतिनिधिहरूलाई विशेष धन्यवाद प्रकट गरेकी थिइन्।

कार्यक्रमलाई तीन चरणमा बिभाजन गरिएको थियो जसमा पहिलेओ चरणको कार्यक्रममा डान्स एकाडेमिको उद्घाटन र औपचारिक कार्यक्रम , दोस्रो चरणमा नृत्य प्रतियोगिता र तेस्रो चरणमा स्थानीय कलाकारहरूको दसैँ धमाका प्रस्तुति र पुरस्कार वितरण रहेको थियो।unnamed-4

पहिलो चरणको कार्यक्रममा उद्घाटन साथै वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठलाई एकडेमी स्थापनाको लागि गरेको विशेष सहयोग , निःशुल्क नृत्य निर्देशनगरे बापत कल्बको तर्फबाट सम्मान स्वरूप कदर पत्र र ओदोसल्ला ओडाएर सम्मान गरिएको थियो। फर्स्ट भाईस डिस्ट्रिक गभर्नर राजेन थापाले सम्मान गर्दै सबै कल्बका सदस्यहरूलाई सेवामा एक जुट भएर लाग्न प्रेरित गर्दै सबैलाई मुक्त कण्ठले प्रशंसा गर्नु भयो। वहाले समाजमा हुने हरेक गतिविधि र राम्रो काममा सधैँ लायन्स क्लबको तर्फबाट सहयोग रहने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो। कार्यक्रममा नृत्य निर्देशक श्रेष्ठको निर्देशनमा चारवटा विशेष नृत्यहरुको समेत मन्चन गरिएको थियो।unnamed-7

दोस्रो चरणको कार्यक्रममा यस क्षेत्रका सङ्घ संस्था र स्थानीय कलाकारहरूको सहभागितामा नृत्य प्रतियोगिता प्रस्तुत गरिएको थियो जसको निर्णायकमा , वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ, नृत्य निर्देशकहरु प्रज्वल बज्रचार्य , संगीता शर्मा, बिन्दु सापकोटा र गम गुरुङ रहेको थियो। प्रतियोगितामा क्रिएटिभ नेपालकी प्रार्थना कार्की प्रथम, तामांगको अपरेटिभ समाजको लक्ष्मी र विजय लामा दोस्रो र सन्नी सगरमाथा समाजकी मिनी कार्की तेस्रो भएकी थिइन् भने एन ए जी सिकी रेशमी अधिकारीले सान्तवना पुरस्कार जितेकी थिइन्।unnamed-3

प्रथम हुने प्रतियोगिलाई नगद अमेरिकी डलर ५०० र ट्रफी , दोस्रोलाई $३०० र ट्रफी , तेस्रोलाई नगद $१०० र ट्रफी र सान्तवना पुरस्कारमा एउटा ट्रफी प्रदान गरिएको थियो भने सहभागी सबै प्रतियोगीहरु र सहभागी संस्थाहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो। प्रमुख अतिथि वसन्त श्रेष्ठ, भाइस डिस्ट्रिक गभर्नर राजेन थापा, भूतपूर्व गभर्नर लिन्डा ग्रीफिन , क्लबको अध्यक्ष मनोहरा बोगटी लगायतको व्यक्तित्वहरुबाट पुरस्कार र प्रमाण पत्र प्रदान गरियो थियो। नगद पुरस्कार सौजन्य गर्ने ब्यक्तिवालाई नै नगद पुरस्कार वितरण गर्न मन्चमा बोलाइएको थियो साथै हरेक ट्रफीमा वहाको नाम समेत लेखिएको थियो जसमा प्रथम पुरस्कार गङ्गा प्रसाद लिम्बु, दोस्रो पुरस्कार लिबर्टी ट्याक्सका टंक राया छेत्री र तेस्रो पुरस्कार विजया सुबेदीले प्रदान गरेका थिए।

अमेरिकामा हुर्कदै गरेका नेपाली बाल बालिका र बढ्दै गरेको नेपाली समुदायलाई नेपाली संस्कृति र लोक नृत्यको समेत ज्ञान दिने उदेश्यले स्थापना हुन् लागेको उक्त एकाडेमिले हरेक वर्ष यस प्रकारको कार्यक्रम को आयोजना समेत गर्ने जानकारी क्लबको अध्यक्षा लायन मनोहर थापा बोगोटिले जनाएकि छिन।unnamed-6

क्लबको सबै सदस्यहरूको सक्रिय सहभागितामा सम्पन्न यस कार्यक्रमको नृत्य निर्देशक श्री वसन्त श्रेष्ठ समेत दुई सप्ताह अघिनै सन् फ्रान्सिसकोमा आएर कार्यक्रमको तयारीमा लागेको हुनाले नै उत्कृष्ट नृत्यहरु प्रस्तुत गर्ने सकेको जानकारी निर्देशक संगीता शर्माले जनाइन। सास्कृतिक संयोजक शर्माको अनुसार यो हामी सबै सन् फ्रान्सिको बासीको लागि एउटा गर्वको विषय हो किनकि बर्क्ली मकालुले यस्तो खाले कार्यक्रम ल्याएर समाजमा राम्रो छाप छोड्न लागेको मा आफू समेत सक्रिय भई सेवा पुर्‍याउने अस्वर पाएको ले धेरै गर्वित भएको महसुस गरेकी थिइन्।

वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ रंगमंच वाट नृत्य निर्देशन सुरु गरी नेपाल प्रज्ञा प्रतीसठानमा २५ वर्ष काम गरिसकेको, २०३५ साल वाट चलचित्र सिन्दूर वाट नृत्य निर्देशन सुरु गरी हाल सम्मा कार्यरत , गोर्ख दक्षिणवाहु र इन्दिरा राज्य लक्ष्मी प्रज्ञा पुरस्कार वाट सम्मानित , राष्ट्रिय चलचित्र पुरस्कार २ पटक, सम्मानित, नेपाल सरकार वाट उत्कृष्ट नृत्य निर्देशन पुरस्कार वाट सम्मानित हुनु भएको छ ।unnamed-8

कार्यक्रमको तेस्रो चरणमा उत्कृष्ट प्रस्तुतिहरु र पुरस्कार वितरण रहेको थियो जसमा प्रीति थापा र शोभा राईको नृत्यले सबैलाई भरपुर मनोरंजन दिएको थियो भने संगीता शर्मा , नवीन बुडाथोकी र अन्याकलाकरहरुले प्रस्तुत गरेको “ मैसासुर बध” नृत्यले दशैको महत्त्व उजागर गरेको थियो। उक्त प्रस्तुति कार्यक्रमकै सबै भन्दा उत्कृष्ट र सिक्षाप्रद रहेको पर्यबेक्षक हरुले जनाएको थियो। त्यसै गरी मिलन श्रेष्ठ , सुलभ केसी र साथीहरूको गीतले समेत सबैलाई मनोरंजन प्रदान गरेको थियो। ठिक ५:३० बजे सञ्चालन भएको कार्यक्रम एकदमै निरन्तर बिना रुकावट भएको र ठिक ९:३० मा सम्पन्न भएकोमा सबै उपस्थित दर्शक तथा सङ्घ सस्थाका प्रतिनिधिहरूले खुसी व्यक्त गरेका थिये। कार्यक्रमको अन्तमा अध्यक्षा थापाले विधिवत कार्यक्रम समापन गर्दै सबैलाई धन्यवाद दिएकी थिइन्।

Loading...

यसमा तपाइको मत