प्रचण्ड देशद्रोही सावित हुनेछन्-बिजुक्छें
Loading...

विआरटी नेपाल सम्बाददाता-भक्तपुर, २ कार्तिक

Published on October 17, 2016 at 8:29 pm

unnamed

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रचण्ड छिट्टै देशद्रोही सावित हुने बताएका छन् । रफत सञ्चार क्लबले सोमबार गरेको साक्षतकार कार्यक्रममा बोल्दै बिजुक्छेंले तथाकथित जनयुद्धमा भारतले गरेको सहयोग वर्तमान परिस्थिति ल्याउनकै लागि भएको र माओबादीका नेताहरुले भारतको कठपुतलीको काम गरेको आरोप लगाउँदै भारतले आफ्नो आवश्यकता पुरा गरिसकेकाले अव प्रचण्डलाई रुखको बोक्रा फाले सरी फाल्ने बताए ।

प्रचण्डलाई काँग्रेसले फाल्तु जोकरका रुपमा अघि सार्दै आफूले बिगतका गल्ती सुधार गर्ने योजनामा रहेको र केही महिना भित्रै सत्ताको नयाँ समिकरण देखिने भन्दै उनले प्रचण्डलाई काँग्रेसले फाल्तु जोकरको बनाएको बताए ।

तोकिएको समयमा निवार्चन गर्न सरकार नै नलागेको भन्दै बिजुक्छेंले निर्वाचन आयोगले सरकारले नै सहयोग नगरिरहेको बताएको सबैका अघि स्पष्ट भएकाले निर्वाचन तोकिएको समयमा नहुने पनि बताए ।

नेपालका लागि चीनियाँ राष्ट्रपतिको भ्रमण पर्यटकका रुपमा नहुने भएकाले र भारतले समेत नेपालमा चीनियाँ राष्ट्रपतिको भ्रमणमा अदृश्य हस्तक्षेप गरेको भन्दै यस्तै वाताबरणमा चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असम्भव रहेको बताए ।

संयुक्त बत्तब्यले भारतले नेपाललाई भुटान बनाउन खोजेको भन्दै बिजुक्छेंले भारतले अव हरेक अन्तराष्ट्रिय सम्बन्धमा आफूलाइै अवगत गराएर मात्र अघि बढ्न दिने वातावरण बनाएको र त्यसलाई समर्थन गर्न प्रचण्ड नेतृत्वको सरकराले भूमिका खेलेको बताए ।

इतिहासमै नेपाल सरकारको कुटनीतिक पक्ष कमजोर रहेको भन्दै बिजुक्छेेंले कुटनीतिक पक्षलाई सवल पार्न नसके अन्तराष्ट्रिय पक्षको सहयोग र समर्थन गुमाउन सक्ने अवस्थाको श्रृजना हुन सक्ने र यसले नेपाललाई नै हानी हुने उनले बताए ।

संबिधान संसोधन गरी मधेश आन्दोनका गलत माग सम्बोधन गर्ने तर्फ सरकार अघि बढे नेपाल र नेपालीको अस्तित्व खतरामा पर्ने औंल्याउँदै बिजुक्छेंले गलत माग सम्बोधन भए नेपाली नागरिक नै अल्पमतमा पर्ने पनि बताएका छन् ।

Loading...

यसमा तपाइको मत