‘रुद्र’मा भिलेन र संगीतकारको रुपमा देखिने निखिल उप्रेतीले भनें-पोर्न मुभि मात्र अर्गानिक हुन्छ

विआरटी नेपाल सम्बाददाता-काठमाडौं, १ कार्तिक

नायकका रुपमा राम्रो छवि बनाएका नायक निखिल उप्रेती आफैंले निर्माण गरेको चलचित्रमा भने खलनायकको रुपमा देखिने भएका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलमा गरेर चलचित्र ‘रुद्र’को निर्माण घोषणा गरेको चलचित्र युनिटले निखिल यो चलचित्रमा भिलेनको रुपमा देखिने जानकारी दिएको हो ।

नयाँ नायक नायिकालाई डेव्यु गराएर निर्माण गर्न लागिएको चलचित्र रुद्र्रमा निखिल उप्रेती, विश्व शर्मा, शारा, रोय दिप श्रेष्ठ, जितेन लामा, भास्कर वली, ज्याक श्रेष्ठ, र रोषन पोख्रेलको अभिनय देख्न सकिन्छ ।14741152_10202516205421904_413079470_n

रामजी लामिछानेको लेखन र निर्देशन रहेको चलचित्रमा नायक निखील संगीतकारको रुपमा पनि देखीने भएका छन् । चलचित्रका गीतहरुको संगीत दिनेश सोनाम र निखिल उप्रेतीको रहेको पत्रकार सम्मेलनमा बताईएको छ । यो संगै अव निखिलका प्रसंसकहरुले उनको अभिनय र संगीतको स्वाद एकैसाथ पाउने भएका छन् ।

एक्सन लभ स्टोरीमा आधारित चलचित्र रुद्र्रको घोषणा सहित आजै बाट छायाँकन सुरु गरिएको छ । जोमसोम, नारायणघाट, कोहलपुर र कर्णालीका बिभिन्न स्थानमा छायांकन गरिने चलचित्रलाई सौरभ लामाले खिच्ने छन् भने चलचित्रलाई बनिस शाहले सम्पादन गर्ने बताइएको छ ।14694700_10202516206981943_243756795_n

आफु खलपात्रको रुपमा देखिनु सकारात्मक नै रहेको बताउदैं निखिलले भने, कलाकारले जुनसुकै भुमिका निर्वाह गर्न सक्नुपर्छ, खाष कुरा यो उ पात्र मुख्य भन्नु भन्दा पनि आफुले पाएको भुमिकालाई न्याय गर्न सक्नु नै महत्वपूर्ण कुरा हो ।

निखिलले यो पनि थपे, मेरो ‘चलचित्र अर्गानिक छैन। पोर्न चलचित्रलाई अर्गानिक भनिन्छ। जसमा न लाज हुन्छ न केही । तर ‘रुद्र’मानव निर्मित चलचित्र हो । जसमा प्रेम र द्वन्द्व मिश्रित छ।’

गोपाल कायस्थले बजार ब्यबस्थापनको जिम्मा लिएको चलचित्र रुद्र २०७४ सालको साउनमा प्रदर्शन आउने बताइएको छ ।

Published on October 17, 2016 at 10:14 am

Loading...

यसमा तपाइको मत