यसरी तताए-गायक राजेस पायल राई र महेश बुढाथोकीे लगाएतले कोलोराडो (फोटो फिचर)

विआरटी नेपाल सम्बाददाता-कोलोराडो, १७ अगष्ट

Published on October 17, 2016 at 8:01 am

14555667_10209665739592690_173205829_n

किरात राई सोसाईटी अफ अमेरिका, कोलोराडो च्यापटरले आयोजना गरेको ‘हाङ्ग जितेदास्ती साँझ -५०७६’ सम्पन्न भएको छ । गायक राजेस पायल राई मुख्य आर्कषणको रुपमा रहेको’ हाङ्ग जितेदास्ती साँझ -५०७६’ लोक गायक महेश बुढाथोकी, साकेला क्लवको सांस्कृतिक प्र्रस्तुती, लगायत बिबिध कार्यक्रममका साथ भव्य रुपमा सम्पन्न भएको हो ।14686479_10209665722192255_1443821177_n

माङखिम तथा समाधीस्थल निर्माण सयोगार्थ किरात राई सोसाईटी अफ अमेरिका, कोलोराडो च्यापटरले ‘हाङ्ग जितेदास्ती साँझ-५०७६’ आयोजना गरेको हो । गायक राजेस पायलले आफ्ना गीतहरु गाउँदा तातेको माहौललाई अर्का गायक महेश बुढाथोकीको प्र्रस्तुतीले थप आकर्षक बनाएको थियो ।14741637_10209665722272257_1073842211_n-1

मालती मगर र धन राइको ुसै ढोल सैु बोल को स्वागत नाँच बाट शुरु भएको कार्यक्रममा राइ परम्परा अनुसार ढोल झाम्टा बजाएर खादा ,नेपाली ढाका टोपी तथा फुर्का लगाएर बिभिन्न ब्यतित्वलाई सम्मान गरिएको थियो । कार्यक्रममा साकेला समुहको सामुहिक नाँच संगै सुरेन राइ, आशिका, ,सुस्मिता, कल्पना सिता दाहाल, मिरा गुरुङ, धन राइ,दिलु र सुधिर राइको प्रस्तुती पनि रहेको थियो । 14694638_10209665739192680_372738790_n

उधोगपती Keith Waston Smith प्रमुख अतिथी रहेको कार्यक्रमलाई दुई चरणमा बिभाजित गरिएको थियो । पहिलो चरणमा प्रायोजकहरुलाई नाक्छोङ आइतमान राइले सम्मान गरेका थिए भने किरात राइ सोसाइटी अफ अमेरिकाका केन्द्रिय अध्यक्ष चन्द्र कुमार राइले स्वागत मन्तब्य दिएका थिए । पहिलो चरणको कार्यक्रमलाई सचिव राज राइले संचलन गरेका थिए ।14619885_10209665691831496_242602037_n

दोस्र्रो चरणको कार्यक्रम सांस्कृतिक र सांगीतिक प्रस्तुतीको रहेकाले उपस्थीत दर्शकहरु उस्साहित देखीन्थे । कलाकारहरुलाई साथ दिदै रमाएका दर्शकहरुले कार्यक्रमको माहौललाई थप आकर्षक बनाएका थिए । दोस्रो चरणको कार्यक्रम गौतम सागर राइले संचालन गरेका थिए ।14686687_10209665739472687_139197808_n
किरात राइ सोसाइटी अफ अमेरिका कोलोराडोका अध्यक्ष भिम राइ क्षितिजको सभापतित्वमा समपन्न उक्त कार्यक्रम बिभिन्न संघ संस्थाका प्रतिनिधि समेतको बाक्लो उपस्थिती अध्यक्ष भिम राइको धन्यवाद ज्ञापन सहित समापन भएको थियो ।14694906_10209665722432261_1222169840_n14627749_10209665691631491_376514497_n14699984_10209665691551489_1811827664_n

14628206_10209665691671492_248945730_n
14741695_10209665691711493_928824874_n 14628282_10209665722352259_114316306_n

Loading...

यसमा तपाइको मत