हार्दिक बधाई तथा शुभकामना

निशा अर्याल

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अनेसास केन्द्रीय कार्यसमितिको भर्खरै सम्पन्न निर्वाचनमा लोकप्रिय साहित्यसेवी , यशस्वी अध्यक्ष, कुशल रणनीतिकार ,लगनशील,आदरणीय श्री पद्म विश्वकर्मा ज्यू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय अध्यक्ष पदमा पुन: निर्वाचित हुनु भएकोमा अनेसास इजरायल च्याप्टर गर्व गर्दै साहित्यकार केन्द्रीय अध्यक्ष श्री पदम विश्वकर्मा ज्यूलाई हार्दिक बधाई तथा शुभकामान व्यक्त गर्दछ, तथा सम्पूर्ण अध्यक्ष ज्यू लगायत नयॉ कार्यसमितिका पदाधिकारी ज्यूहरूको आ-आफ्नो पद, र जिम्मेवारी नयाँ कार्यकाल उदारहणीय बन्न सफलहोस भन्ने पूर्ण सफलताको कामना अनेसास इजरायल च्याप्टर परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ |

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका कर्मठ श्री पद्म विश्वकर्मा ज्यूको नेतृत्वमा सम्पूर्ण कार्यसमिति एकतामा बाधेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई असीम उचाइमा लिएर जाने कुरामा अग्रिम भूमिका निर्वाह गर्नेछ बन्ने कुरामा सम्पूर्ण विश्व भरी छरिएका साहित्य सेवीहरूलाई विश्वास र आशा छ । भने आउँदो कार्यकाल अझ सशक्त र प्रगतितिर उन्मुख हुनेछ भन्ने कुरामा हामीले आगामी दिनमा भएका धेरै उदारहणीय साहित्य कार्यक्रमहरू हाम्रो दृष्टिमा झल्कीरहेको हुनाले आउने दिनमा अझै इतिहासिक कार्यक्रम होस र विश्वभरि नेपाली भाषाको पहिचान बनाउन सफल हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ |

निर्धक्क भएर भन्न मन लाग्छ हो आफ्नो कार्यकालमा धेरै चुनौतीका सामनाहरु गर्नु पर्‍यो अध्यक्ष श्री पदम विश्वकर्मा ज्यूले तर कहिल्यै आत्तिएन्न , कहिल्यै पात्तिएन्न, डराएन , कहिल्यै डगमगाएन्न त्यो पाइला कसैको निर्भीक मार्गलाई प्रशस्त गर्दै रहे पथ … जस्तो भए पनि | अटल विश्वास, साथीहरू प्रतिको सद्भाव,नम्रता र आस्थाले दियो फेरी दुई वर्षको असीम अवसर .अव सङ्गठनलाई बलियो बनाई , निष्ठावान , योग्य , इमानदार ,नेक , निर्भीक नवोदित साहित्यकारहरूलाई समेटेर विश्वभरि छरिएका साहित्यकारहरुलाई एकतामा उन्ने कार्यमा सफलता प्राप्त गर्न सक्नुहोस र योग्य साहित्यकारहरुलाई उजार्गर गर्ने मौका प्रदान गर्नुहोस्
भन्ने अपेक्षा राख्दै पुन: अध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई दिँदै सम्पूर्ण केन्द्रीय कार्यसमितिका पदाधिकारी ज्यूहरुको कार्यकाल सफल र सबल बनोस अनेसास इजरायल परिवारको तर्फबाट हार्दिक बधाई तथा मङ्गलमय शुभकामान व्यक्त गर्दछौ |

निशा अर्याल
महासचिव
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
इजराइल च्याप्टर

Published on October 16, 2016 at 5:20 pm

Loading...

यसमा तपाइको मत