जन सम्पर्क समिति नेदरल्याण्ड्सको बजबुझारथ १६ अक्टोबरमा

शालिक गौतम-आमस्ट्राडाम,२८ असोज

जन सम्पर्क समिति नेदरल्याण्ड्सको बजबुझारथ १६ अक्टोबरमा हुने भएको छ । औपचारिक पदभार तथा सपथ ग्रहण, आर्थिक हर हिसाब तथा प्रशासनिक कागजातहरू नयाँ कार्यसमितिलाई हस्तान्तरण लगाएतका कार्यक्रम सहित काँग्रेस नेदरल्याण्ड्सको बजबुझारथ १६ अक्टोबरमा हुने भएको हो ।

नेदरल्याण्ड्सको राजधानी आमस्ट्राडाममा मध्यान्न १२ बजेबाट सुरु हुने उक्त कार्यक्रममा पद तथा गोपनियताको सपथ ग्रहण, आर्थिक हरहिसाव तथा प्रशासनिक कागजातहरू नयाँ कार्यसमितिलाई हस्तान्तरण हुने छ । त्यसपछि नव निर्वाचित कार्यसमितिले औपचारिक पदभार ग्रहण तथा बन्द सत्रबाट अनुमोदित नीति तथा कार्यक्रमहरुलाई कार्यन्वयन गरिने छ ।

नेदरल्याण्ड्सको राजधानी आमस्ट्राडाममा हुने उक्त कार्यक्रममा नेपाली जन सम्पर्क समितिका सबै साधारण सदस्यहरू, निवर्तमान तथा पूर्व सबै कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू र नेदरल्याण्ड्समा रहेका लोकतन्त्रबादी समाजसेवीहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।

जन सम्पर्क समिति नेदरल्याण्ड्समा गत सेप्टेम्बर २७ मा भएको चौथो अधिवेशनबाट नयाँ नेतृत्व आएको थियो ।unnamed-1

 

Published on October 13, 2016 at 9:33 pm

Loading...

यसमा तपाइको मत