कनेक्टिकटमा दसैँ तथा तिहार शुभकामना सांझ सम्पन्न

सुवास अर्याल, कनेक्टिकट

अमेरिका–हिन्दुहरूको महान् चाड दसैँ तथा तिहारको अवसरमा शनिवार भव्य सांस्कृतिक कार्यक्रमसम्पन भयो ।

स्थानीय कलाकार सहभागिता रहेको उक्तकार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य, गीत रहाँस्यव्यंग्य प्रस्तुत गरिएको थियो । आफ्नो मौलिक कला संस्कृतिलाई जगेर्ना गर्ने र प्रवासमा रहेका नेपालीलाई मनोरञ्जन समेत दिने उद्देश्यले आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा अमेरिकाका लागि वाणिज्यदूत कृष्णकुमार सुवेदीले भूगोलको परिधीले मात्र मुलुकको पहिचान नसमेटिने भएकाले कला संस्कृतिको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गर्नेदाबी गरे । कार्यक्रमका विशेष आकर्षणका रूपमा लोक गायक बुद्धि सागर बस्याल देखिएका थिए ।

समय परिस्थितिले विदेशलाई बसे पनिआफ्नो कला संस्कृतिको सम्र्वद्धनका आफुहरुसधै लागी रहने कुरा सोसाइटी अफ नेपालीज इन अमेरिकाका अध्यक्ष रामचन्द्रेग्मीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

विदेशमा रहेर पनि नेपाली पहिचान झल्किने गरी समाजले विगत ५ वर्ष देखि प्रत्येक वर्षमा दसैँ तिहार तथा नयाँ वर्षको कार्यक्रमका गर्दै आएको छ ।

img_8937

img_8888

img_8864

img_8849

img_8837

img_8835

img_9068 img_9084 img_8999

Published on October 11, 2016 at 5:49 am

Loading...

यसमा तपाइको मत