नरोपा-२०१६ मा डोमा शेर्पाको बेजोड प्रस्तुति

डेइजी शेर्पा, न्यु योर्क, अमेरिका

एघारौँ सताव्दितिर नरोपा नामका एक जना भारतीय सन्त लद्दाखको हेमिस भन्ने ठाउँमा गई ध्यान बसेका बेला डाकिनी अर्थात् देवी (तिब्बती भाषामा खानडोमा भनिन्छ) बाट ती सन्तलाई वस्त्र तथा हाडबाट बनेको गहना प्राप्त भएको किम्बदन्ती छ । र उनै सन्त नरोपाको बिरासतको रूपमा लिइने यो पवित्र वस्त्र र गहना प्रत्येक १२ वर्षमा प्रदर्शन गरिने चलन छ । doma-4

यो शताब्दीको नरोपा प्रदर्शन ‘नरोपा-२०१६’ भारतको जम्मु कश्मिर राज्यमा पर्ने लद्दाखमा गत सेप्टेम्बेर १६ देखि सेप्टेम्बेर २२ सम्म आयोजना गरिएको थियो । धार्मिक एवं सांस्कृतिक महत्त्व बोकेको यो सम्मेलन नरोपालाई हिमालयको कुम्भ मेला पनि भनिन्छ | जम्मु-कश्मिर राज्यको गभर्नर श्री एन.एन.बोराको प्रमुख आतिथ्यमा सम्पन्न यो मेलामा फ्रेन्च टिमले लाइटिङ्गस र अमेरिकन इन्जीनियरहरुले साउण्डको व्यवस्थापन गरेका थिए । doma-1

अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, डेनमार्क , स्विटजरल्याण्ड, पोल्याण्ड , नेपाल , भारत ,पाकिस्तान लगायत ३२ राष्ट्रका कलाकारहरू सहभागी भएको यो मेलामा भारतको दार्जिलिङ्गकी नेपाली गायिका डोमा शेर्पाको पनि प्रस्तुति रहेको थियो । जी-बंगला सारेगमप विश्व सेरा २००८ की सहभागी गायिका शेर्पाले उक्त सम्मेलनमा आफ्ना र अरूको समेत गरी तीन वटा गीत गाएकी थिइन् ।

भारतीय चर्चित कलाकारहरू श्रेया घोसाल, केके र विशाल शेखर आदिले पनि प्रस्तुति दिएको सो मेलामा गायिका शेर्पाले अत्यन्तै बेजोड प्रस्तुति गरेकी थिइन् | जसको प्रशंसा Dance India Dance १,२,३ का जज टेरेंस लेविसले मुक्त कण्ठले गरेका थिए |

उक्त कार्यक्रममा प्रस्तुत गीतको भिडियो

Published on October 11, 2016 at 5:04 am

Loading...

यसमा तपाइको मत