मेलम्चीको योजनाले पँधेरो देख्छ- राकेश कार्की

लस एन्जेलस

Published on October 8, 2016 at 11:47 am

Rakesh

घरमा खोलेको धाराले अँधेरो देख्छ

मेलम्चीले योजनाको पँधेरो देख्छ

 

भोली नै पर्सीनै भन्ने भाषण र

पैसाको साँचो झुन्ड्याउनेले पजेरो देख्छ

 

कति कति वर्ष वित्यो काकातुवा उडेको

नक्शा र मिशिनहरुमा धमिरो देख्छ

 

विकाशको घाम अस्ताएको औँसीमा

विजुलीको खम्बामा उल्टो चमेरो देख्छ

 

सधैँ नआउने धारा सधैँ जाने विजुली

आशा, विश्वास र सपनाले अधुरो देख्छ

Loading...

यसमा तपाइको मत