कठै ! कसरी मनाउँछ्न दसैँ ?

निशा अर्याल -इजरायल

अँहो दसैँ आएछ ! हो हजुर ! दसैँ आयो रे ! देशमा दसैँ ! विदेशमा दसैँ ! यता दसैँ ! उता दसैँ ! जता हेर्यौं दसैँ नै दसैँ । तपाईँ सोच्नु हुन्छ होला सबै तिर बहार छ, । तर कस्तालाई दसैँ ? जसको आखाँको आँसु आजसम्म रुकेको छैन | नाङ्गो शरीरको लाज ढाकिएको छैन | निदाउँन आँखामा निद्रा छैन | कतै नाङ्गो शरीर कठ्यारियेर कतै वर्षामा भिजेको छिद्रा परेका शरीरका कपडा ओबाएको छैन तर दसैँ आउने क्रम रुकेन | उसको समय आएरै छाड्यो दसैँ |

गरिबको निम्ति त दुई छाक दालभातको जोहो हुन गार्हो छ राती आनन्दले निदाउन सकेको छैनन् शान्तका निन्द्रा र एकछाक पेटमा माड़को निम्ति ब्याकुल छन् र आशाको किरण बालेर दिनरात सरकारबाट राहत पाउने आकाङ्क्षामा प्रतिक्षित रहेका छ्न जब गरिबीले सीमा नाधेर केही जुट्नु सक्दैन अनि बाध्य हुन्छन् साहुको ऋण बोकी पर्देसिन कमाउने जोहो को निमित्त ।

सरकार नाटक गर्न व्यस्त छ सिनेमाको पर्दामा झैँ तर देशको राजनैतिक अस्थिरता,अर्थतन्त्रमा आएको दिन प्रतिदिनको गिरावट सामाजिक र संस्कृत पक्षमा आएका विकृत र विसंगतिको कारणले आज देशको लाखौँ युवा जनशक्त्ति विदेसिनु बाध्य मात्र हैन साहुको चर्को ब्याजसहित अरब,खाडी,तथा अन्य मुलुकमा गुलामी गर्न बाध्य भएका छ्न भने युवतीहरु आफ्नो शरीरसंगको सम्झौता गर्न बाध्य छ्न दलालहरुको तर यो सत्यतालाई पचाउन नचाहने देशका सरकार भनाउँदाहरु को घिन लाग्दो प्रवृतिको लागि तितो यथार्त सरकार बादी मैहुँ भन्ने नेताहरुलेपनि यसलाई नकार्न मिल्दैन |

आम मानिसको चाड चलिरहेको छ । त्यस चाडको नाउँ हो “महँगाई ” । के यसको हल छ ? के हल छ यसको ? धनी झन् झन् धनी हुँदो छ गरिब झन् झन् गरिब । नवरात्र , दसैँ , दुर्गा पूजा , । महँगाई । खादान्य प्रदार्थको मोल आकाश छुँदो छ । गरिबहरूको थालमा आउने दाल ३२० देखि ३५० रुपैयाँ प्रीति किलो चर्को बजार भाउ महगाईले रिकर्ड तोड़ेंगे छ । लाग्छ फुलवलमा स्वर्ण पदल ल्याउन चर्को प्रतिस्पर्धा भए झैँ वा करातेले नेपालको रेकड राख्न सफल भएजस्तै | सागसब्जी ,दुधदहि, महगाईको अवस्था यस्तो छ मासुको के कुरा? चामल,नुन , पीठों , चीनी , तेल छोई सक्नु छैन , तरकारीको भाउ त न सोध्नुहोस ।

फलफुलको झन् के भनौ लाग्छ बजार भाउ धनीको गहना र साडीको प्रतिस्पर्धा भए जस्तै लगातार बढ्दो महगाईबाट साधारण जनता परेशान छन् भने गरिबीले छानो र एकछाक मानो नहुनेको परिवारमा कस्तो होला दसैँ ? हामीजस्तो साधारण परिवारले सोच्न बाध्य भएका छौँ परदेश भूमिमा चौविसै घण्टा असक्त, पागलको चाकडी गरेर पाएको तलब घरमा पठाउदा धन्सन बालबच्चाको पेट भराउन गार्हो छ शिक्षा दिन राम्रो बोडिंग स्कुलको के कुरा ? झनै गासँ वाँस, कपास नहुनेको के गति होला ? उनीहरूको परिवारमा कसरी आयो होला दसैँ ? सरकारलाई कसरी हुन्छ आफ्नो कुर्सी जोगाउन संसदको भत्ता ५०% बढाएर खुसी पार्न तलिन छ तर महगाईलाई लगाम लगाउन नाकाम । कहिल्यै सरकार बादी नेताहरूले सोचेका छ्न ? गरिब र थोरै तलब पाउने साधारण मानिसले आफ्नो घरको खर्च कसरी चलाई रहेका होलान्?

भोक,शोक,अशिक्षा र गरिबीले दुइछाक परिवारको मुख माड़ लगाउन देशको नाजुक अवस्था, वेरोजगारी भएका मानिसको लागि आवश्यता सर्वप्रथम नै जननी हो भन्ने यथार्त हामी नेपालीकोलागि मात्र नभएर संसारको आर्थिक,राजनैतिक, सामाजिक,सांस्कृतिक, आध्यात्मिक, तथा भौतिक इतिहासमा प्रत्येक्ष वा अप्रत्येक्ष रूपमा हुने परिवर्तनमा सरोकार राख्ने जो कोहीलाई भनी रहनुपर्ने आवश्यता पर्दैन किनकि जब मानिसको जीवनमा कठिन समस्याले पिडिन्छ ,चोटले पिल्सिन्छ अनि उसले आवश्यकताको महसुस गर्छ र उसले नयाँ कुराको आविष्कार गर्छ, चाहे त्यो गरिबीले पेट पालन कठिन पारिश्रम होस्, वा वैज्ञानिकहरूले गर्ने ठुला ठुला आइटम बमको आविष्कार नै होस |

चेतना भएको प्राणीमा सर्वश्रेष्ठ सामाजिक प्राणी मानिस नै हुन त्यसैले देशमा,समाजमा, गाउँमा,सहरमा घट्ने स-साना घटनाहरुले उसको व्यक्तिगत तथा सामाजिक जीवन शैलीमा प्रभाव पार्ने गर्दछ | चाहे आफ्नो भूमि छोडेर बाध्यताले विदेसिनु नै किन परोस तर हामी जस्ता लाखौ पर्देसी यी कुराहरूबाट अवश्य नै अलग छैनन् |

हामी जस्ता कैयौँ युवा,युवती काम गर्न विदेसिदा केही महिना,वर्षमा अकस्मात कोही मालिकको कठोर दण्डमा मृत्यु हुन्छ त कोही अकस्मात संकास्पद अवस्थामा मालिकको घरमै झुण्डीएको अवस्थामा फेला पर्दछन, कोही वलत्कारको सिकार त कोही काम गर्ने घरको छतबाट झरेको अवस्था होस् वा मुस्लिमको आतङ्कमा गाडीले किचिएर,छूराले हानेर मृत्यु वरण गर्नपुग्छ्न |

आज देशको गरिमामय कुर्सीमा राज गर्ने सरकार वादीहरु नै लुटेरा र देशलाई खोक्रो बनाउने कार्यमा जुटेको यो कम्जोर र पीडादायी अवस्थामा देशमा हुन वा विदेशमा नेपालीहरुमा एकता र जागरुपताको मनोभावना जाग्न जरुरी छ ।

मेरो जीवनमापनि ठुलो बज्र गिर्नाले मेरा पाइला घरबाट बाहिर निस्कियो एउटा लक्ष्य बोकेर बादल पार्रीको देशमा आफ्नो बालक सन्तानलाई पर्ने पिडा,दुख,र सङ्कटलाई नयाँ रूप दिने कोसिसमा सुनौलो भविष्य खोज्नलाई मन भरी चोटै चोट गह भरी आँसु नै आँसु बोकेर स-साना बालक अनि नजिकिदै गरेको बडा दसैँलाई छोड़ेर निस्कनु त्यो एउटा दुख लाग्दो क्षण आखाँमा आउँछ हरेक वर्ष झैँ । यसरी पर्देसिको गुलाम भएकोपनि बार्हौ वर्ष कतिसकेछ तर अझै दसैँ आएको छैन | आफ्ना आफन्तहरूको माया कस्तो हुन्छ कुन्नि ? यी सन्तानलाई छोडेर प्रदेश लाग्दाको पिडा अनि हरेक वर्ष आउने वडादशैंले दिने गहभरि आँसु । आखिर किन आउँछ दसैँ ?

मनलाई बलियो पारेर आँसुको घुट पिउदै बसेपनि सन्तानको माया र वृद्ध आमाको स्नेह आँखा वरिपरि घुम्न थाल्छ अनि त्यो अवस्थाको आभास गराउँछ । पर्स्थितिले चेप्टिएर देशमा छोड्नुको पिडा झनै सन्तानले रमाउने दसैँ सम्झेर भावनामा बहन्छु,रुन्छु मुटु थिचीथिची कसैले सोधी पो हाल्छन् कि ? दुर्गा माताको तस्बिरलाई हेर्दै मन घर वरी परीका दृश्यहरू अवलोकन गर्न पुग्छु म । मन रोएर दसैँ मनाउँछ निधार खाली भएर । हुन त सम्पन्न भएको भए मैलेपनि सपना देख्ने अघिकार हुन्थ्यो तर म जस्ता हजारौँ गरिबीले पिडीयका छ्न जसले सपना देख्दैन भने म को हो सपना देख्ने ? फेरी पागलको अनुहार तिर हेर्दै सकीनसकी उचाल्छु अनि कोठामा पस्दा उनी देवीको तस्बिर आँखामा पर्छन फेरी दसैँको चहकमहक सम्झन्छु अनि उनै वर्षामा निथ्रुक्क भिजेका बालबालिका र वृद्धलाई नियाल्छु जो कठ्यारिएर हातलाई मुट्ठीपारी बसेका छ्न छानो धर्धरी चुहिएको घरको एउटा भित्तामा ओत् लाग्दै कठै उनीहरूको जीवनमा कसरीप्रवेश गर्‍यो होला दसैँ ? फेरी कोल्टो परेर सम्झन्छु आफ्नो परिवेश सबै बिरानो लागेर आउँछ ।

त्यस्तै कुनै समय आफन्तहरूको मायाले लज्जित भएको थिएँ । म नजिकको दसैँलाई छाडेर आउनु पर्दाको क्षण मेरो मन रोएको थियो उनीहरूको बिछोडमा तर म चाडै आउनेछु भन्न पनि सकेको थिइन । मनले नचाहेर पनि म प्रदेश हिंडें हो परस्थितिले जब मानिसलाई आफन्तहरू ,स-साना बालकहरु, वृद्ध आमाबुवा तथा आफ्नो लोग्ने,श्रीमतीलाई छोड़ेर हिंड्दाको पलमा दुखित तुल्याउनु स्वाभाविक हो ।
मन मनै सोच्छु आखिर म मात्र पर्देसीएको हो र ? म जस्ता बेरोजगार, भएका लाखौ युवायुवती मजबुर भएर पर्देसिनुको बाध्यता उनीहरू माथिको अत्याचार पिडाहरूलाई पनि सम्झन्छु अनि मन केही हदसम्म बुझाउछु आखिर के नै पो गर्न सक्छु र म उनीहरूको पिडामा ?

घाउमा मलम लगाउन सक्दिन त्यै पनि हाँसी हाँसी गला रेट्दै छु जस्तो लाग्छ । हुन त नेपालको स्थितिले गर्दा नेताहरूको गलाको फासो हुने लागेर नेताले जनताहरुलाई कहिले सरकारी कोटाको रूपमा भिसा दिने नयाँ चलखेल गर्छ र भित्र सकेसम्म लुट्छ त कहिले खाडी र अरबको टन्टला पुर तातो रापमा काम गर्न बाध्य बनाई देश निकाला गर्ने उपाय अपनाउछ अनि के दसैँ? के तिहार? कठै युवाहरू पर्देशिन बाध्य छन् ।

यस्तै सम्झनाहरू संगालेर परदेशमा दिनहरू वित्दै गएकोपनि बार्ह वर्ष भएछ | आफन्त नहुनेको लागि परदेशमा दसैँ ? हैन दसैँ कस्तो हुन्छ ? जहिले पनि कामको काम ,त्यही तिखो बचन अनि दिशा,पिसाबको गन्ध | उनीहरूलाई के मतलब दसैँ ? निधार भरि रातो टिका र शिरमा जमरा राख्दै आशिष् कसले दिन्छ र आउँछ दसैँ? न आफन्तको साथ न ठुलोको आशीवाद बिना मनाउने पनि हुन्छ र दसैँ ? यस्तै कल्पनामा देवीलाई सम्झेर अखण्ड बत्ती बाली सधैँ प्रार्थना गर्दै त्यही सन्तान र घरको सम्झनाले मुटु चुलिन्छ। मन बिरहले पोल्छ अनि सम्झनाहरू डुबुल्की मारिदै छालहरू जस्तै फिजिकरण थाल्दछन ।

आफू जति मन रोए पनि पर्देशीको दसैँ बाहिर हाँसो दिएर भित्र रोएर बस्न पर्ने देखावटी लोककृतिको दसैँ र पनि आफ्नाका मायाँले चुलिनु हुने देश , परदेशमा रहनु भएका सम्पूर्ण आफन्त,नेपाली दाजुभाइ ,दिदीबहिनी तथा मित्रहरूलाई जे जस्तो भए पनि करको हाँसो र हाम्रो संस्कार लाई जीवित राख्न हर्सोउल्लासकोसाथ दसैँ मनाउन शुभ कामना दिँदै नवदुर्गा भवानीले सबैको रक्षा गरुन भन्ने कामना अर्पण गर्दछु ।

 

Published on October 8, 2016 at 11:27 am

Loading...

यसमा तपाइको मत