‘खसी कप’मा ६ नम्बर टोली विजयी

विआरटी नेपाल सम्बाददाता-पथरी, २२ असोज

विजयादशमीको अवसरमा नवजागरण क्लबले मोरङको पथरीशनिश्चरेस्थित जिरिखिम्तीमा सम्पन्न गरेको फुटबल प्रतियोगिताको खसी पुरस्कार ६ नम्बर टोलले हात पारेको छ । डाँसमोरङ्गी सामुदायिक वनको ७ टोलको ७ वटा टिमबीच भएको प्रतिष्पर्धामा ३ नम्बर टोललाई ३–२ गोल अन्तरले पराजित गरी १५ हजार रुपैयाँ बराबरको खसी पुरस्कार प्राप्त गरेको छ ।

उपविजेता बनेको ३ नम्बर टोलले १० हजार रुपैयाँ बराबरको खसी प्राप्त गरेको छ ।

प्रतियोगिताका लागि सम्पूर्ण खर्च डाँसमोरङ्गी सामुदायिक बन समूहले व्यहोरेको हो ।

Published on October 8, 2016 at 5:32 am

Loading...

यसमा तपाइको मत