अमेरिकामा बसेका गायक सुवास पुरीको ‘हिमाल हल्लाउन सक्छु’.. (भिडियो सहित)

कमल सरगम -काठमाडौं

अमेरिकालाई आफ्नो कर्मथलो बनाएका सुवास पुरीको साङीतिक एल्बम श्रृङगार बजार मा आएको छ । विदेशमा बसेर पनि आफ्नो सानै देखिको सङीत प्रतिको मोह अनि लगाव कहिले मन देखि कहिले मेटाउन नसकेका मिठो आवाजका धनी सुवासलाई उनको यो लगाव लाई पूरा गर्न पूरा साथ दिएका छन् आहिलेका चर्चित गायक थानेश्वर गौतमले ।

सम्पूर्ण गीतको सङीत पनि गौतमकै रहेको छ। सुवासको लागब र सङीत प्रतिको प्रेमलाई आफूले खुलेर साथ दिएको गौतम बताउछन। अ शीर्ष गीत “तिम्रो कम्मर कति छ मैयाँ” बोलको गीतमा थानेश्वर गौतम र सुवास पुरी को आवज रहेको छ ।उक्त यल्बम मा ६ वटा गीत समावेश गरिएको छ भने गीतकारमा सुवास गौतम “तिम्रो कम्मर” र प्रभा बर्तौलाले दुई वटा गीत दिएकि छन्। ” हिमाल हल्लाउँन सक्छु” र “म आउछु श्रृङार” ,”जाली रुमाल” बोलको गीत मा रमेश अधिकारीको शब्द रहेको छ भने दुई गीत म सुवास पुरिकै शब्द रहेको छ ।उक्त एल्बममा रहेकका दुईवटा गीत को म्युजिक भिडियो बनेको छ । सबै गीत को भिडियो बनाउने तयारी सुवास ले गरेका छन् । उक्त दुई गीतमा भिडियो निर्देशन चर्चित निर्देशक सुरज सिंह ठकुरीले गरेका छन् भने तिम्रो कम्मर मा गम्भीर विष्ट र वर्षा सिवाकोटिको अभिनय रहेको छ । हिमाल हल्लाउँन सक्छु गीतमा निराजन र बेनिशा को अभिनय रहेको छ।

भर्खर मात्र रिलिज भएको हिमाल हल्लाउँन सक्छु गीत को भिडियो बजारमा आए सँगै सुवासको चर्चा एकाएक उर्लिन थालेको छ । हिमाल हल्लाउन सक्छु गीतमा स्वरमा साथ दिएकि छिन अहिले चर्चामा रहेकी गायिका सरु गौतमले ।

Published on October 7, 2016 at 9:40 am

Loading...

यसमा तपाइको मत