बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तका कारण ओम अस्पतालमा तनाव

विआरटी नेपाल सम्बाददाता-काठमाडौ, २१ असोज

उपचारको क्रममा बिरामीको मृत्यु भएपछि काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा तनाव भएको छ । पाठेघरको समस्याको उपचारका लागि ओम अस्पताल भर्ना भएकी संखुवासभा चैनपुरकी ५२ वर्षे टंककुमारी न्यौपाने क्षेत्रीको उपचारका क्रममा मृत्यु भएपछि आफन्त आक्रोशीत हुदाँ अस्पताल परिसरमा तनावको स्थीत सृजना भएको हो ।

डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्त उपचारमा संलग्न डाक्टर र नर्सको बिरोधमा उत्रिएपछि यतिबेला ओम अस्पताल परिसरमा ठूलो संख्या सुरक्षाकर्मी परिचालन गरिएको छ । महिनावारी भएका बेला अत्याधिक रक्तश्राप हुने समस्या भएपछि क्षेत्रीलाई उपचारका लागि असोज १३ गते ओम अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहीबार साँझ उनको मृत्यु भएको हो ।
अहिले अस्पताल प्रशासन र पीडित परिवारबिच वार्ता भइरहेको छ ।

Published on October 7, 2016 at 12:38 am

Loading...

यसमा तपाइको मत