अन्त्य भएको सुरु

मायामितु न्याैपाने

माया-बन्धनको आर्शिवाद भित्र
अर्काको अधिनस्थ भविष्य जुवा दाउमा
एक धर्साे सिन्दुर
एक झुत्तो पोते
र काँचको चुराबाट सुरु हुन्छ
उसको जिन्दगी

पराइ आफन्त हुनु र
आफन्त पराइ भएर जानु
नियति सम्झन्छे जिन्दगीको

सेवा समर्पणमा
साष्टङ्ग दण्डवतको भण्डार बोकेर
यात्रा अघि बढाउँछे

ऐँठन हुँदै
स्वास रोक्दै रोक्दै
दुख निल्नु
अनि दुरुस्तै खुशी फुलाउनु
आँसु लुकाउनु
अनि हाँसो बाँडनु
दिनरात मञ्चित
असफल नाटक सम्झन्छे

एक धर्साे सिन्दुर त उसको चिनो
पखालिन सक्छ
एक झुत्तो पोतो न उसको लगन गाँठो
चुँडिन सक्छ
काँचको चुरा न उसको सौभाग्य
उ जिन्दगीको डिलबाट
झ¥यामझुरम्म फुटन सक्छे ।

Published on October 6, 2016 at 10:53 pm

Loading...

यसमा तपाइको मत