यात्रुलाई सधैं गुणस्तरहीन खाना

काठमाडौं ,२१ असोज

राजमार्गका होटल तथा रेस्टुराँ व्यवसायीले यात्रुलार्इ महँगोमा गुणस्तरहीन खाना खुवाउँछन् भने त्यही यात्रुवाहक बसका चालकलाई निः शुल्क स्वादिष्ट भोजन ।
दशैंतिहारजस्ता चाडबाडमा मात्र होइन, राजमार्गका अधिकांश होटलमा सधैजसो यही क्रम चल्दै आएको छ ।
राजमार्गका होटल तथा रेस्टुरा व्यवसायीले बढी मूल्य असुल गरेर पनि यात्रुलाई गुणस्तरयुक्त खाना दिँदैनन् । तिनै होटल तथा रेस्टुराले चालकका लागि भने अलग्गै कोठमामा विशेष भान्साको व्यवस्था गर्छन् । यात्रुबहाक बसका चालकसहित स्टाफका लागि खसी र कुखुराको सुपसहित फ्राइड मासु वा सेकुवा , पापड, सलाद कम्तीमा दुई थरी हरियो तरकारी,बासना आउने चामलका खानासहित कोल्ड ड्रिंक्स पनि व्यवस्था हुन्छ ।
चालकसहित तीनचारजनालाई यस्तो विशेष भान्सबाहेक यात्रु ल्याइदिएबापत दैनिक हजार रुपैयाँको आकर्षक भत्ता पनि होटल व्यवसायीले दिने चालकहरु बताउँछन् ।यो खबर आजको अन्नपुण पोस्टमा छ ।

Published on October 6, 2016 at 7:19 pm

Loading...

यसमा तपाइको मत