चुलिँदै अविश्वास

काठमाडौं ,२१ असोज

प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको तीन दलको बैठकलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक पटक अस्विकार गर्दे आएका छन् । दाहालको नेतृत्वमा सरकार गठन भएपछि प्रधानमन्त्री दाहाल र ओलबीच सिंहदरबारमा एक पटक मात्र औपचारिक भेटघाटबाहेक दोस्रो भेटघाट हुन सकेको छैन ।

संविधान कार्यान्वयन,स्थानीय तहको पुनसंरचना,संविधान संशोधनलगायतका मुद्धामा छलफल गर्न प्रधानमन्त्री दाहालले तीन दलको पनि ओलीले अस्वीकार गर्दे आएका छन् । राजधानी काठमाडौंमा रहेर पनि ओलीले तीन दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल,उपाध्यक्षहरु वामदेब गौतम र भिम रावललाई पठाउने गरेका छन्।

दुई महिनाको अवधिमा प्रधानमन्त्री दाहालले पटक पटक तीन दलको बैठकमा बोलाए पनि ओली सहभागि भएका छैनन् । तीन दलको बैठकमा अध्यक्ष ओलीको खोजी हुने गरेपनि एमालेका नेताहरुले अध्यक्षलाई सन्चो नभएको कारण आउन नसक्ने जबाफ दिँदै आएको दाहालको सचिवालयले जनाएको छ खबर नेपाल समाचारपत्रमा छ ।

Published on October 6, 2016 at 7:08 pm

Loading...

यसमा तपाइको मत