साहित्यक मनहरुको दशैं असाहाय टुहुराहरुसंग (भिडियो सहित)

विआरटी नेपाल सम्बाददाता

आफ्नो छोराछोरीको उज्जवल भविष्यको लागि विदेशिएका नेपालरुहले आफ्न्त भन्दा टाढा रहेर साथीभाई संग प्रवासमा हर्सोउल्लासमय वातावरणमा दसैँ मनाउँछन ।

तर आफू प्रवासमा भए पनि मन भने नेपालमा आफन्त माझ नै हुन्छ । इजरायलमा रहेका साहित्यक मनहरू विश्व नेपाली साहित्य महासङ्घ इजरायल शाखा सावित्रा लुईटेलको विशेष पहलमा रकम सङ्कलन गरेर न्यूज अभियान अक्षयकोष मार्फत टुहुरा बालबालिकाहरुसंग सबैले मनाउँ दसैँ मिलेर मनौ दसैँ भन्दै हाटबेर्टको सहकार्यमा दसैँ मनाएका छन् ।unnamed-3

काठमाण्डौको बाल मन्दिरमा आश्रित करिब ९० जना बालबालिकाहरुसंग चिउरा, मासु, केक, लड्डु साथमा शैक्षिक सामाग्रीहरू वितरण गरेर दसैँ मनाएका छन ।

उक्त अवसरमा विश्व नेपाली सहत्यि महासङ्घ केन्द्रका उपाध्यक्ष सागर श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।unnamed-2

स्मरण रहोस् हार्टबेटले यस आर्थिक वर्षमा मात्र करिब १५०० भन्दा बढी बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरू वितरण गरिसकेको छ ।

Published on October 6, 2016 at 11:21 am

Loading...

यसमा तपाइको मत