व्यवसायीलाई कडा कारवाही हुनुपर्ने उपभोक्ताको माग

दिनेश ठाकुर-नेपालगन्ज २० असोज ।

दशैं तिहार जस्ता पर्वहरु नजिकिएसँगै बाँकेमा बजार अनूगमन कार्यले तीव्रता पाउने गरेको छ । यसपटक पनि औपचारिकखालको बजार अनूगमन कार्य चलिरहेको छ । यसपटकको बजार अनूगमन कार्य जिल्ला प्रशासन कार्यालय बाँकेका कारण प्रभावित भईरहेको अन्य सरोकारवाला सरकारी निकायका कर्मचारीले गुनासो गरेका छन् ।

विशेषगरी सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेत सबैखाले अनूगमनमा जान खोज्दा समस्या थपिएको स्रोतको दावी छ । सहायक सर(बस्नेत) सबै अनूगमनमा जाने भन्नुहुन्छ, अनूगमनका लागि हामीहरु दिउसो २ बजेतिर नै जिल्ला प्रशासनमा जान्छौं, एक सरकारी कार्यालयका

कर्मचारीले भने,– तर बस्नेत सरको कार्यालयमा काममा फुर्सद हुदैन्, बजार अनूगमनमा निस्कन नै ५ बज्छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतलाई लिएर ५ बजेपछि बजार अनूगमनमा जादा दिनमा दुई वा केही बढी पसलमा मात्रै अनुगमन हुने गरेको स्रोतले जनाएको छ ।

अहिलेको बजार अनुगमन केवल प्रचारात्मक मात्रै हुन सकेको भन्दै ति कर्मचारीले जिल्ला प्रशासनले फुर्सदिला कर्मचारीलाई अनूगमनमा सहभागी गराउन सुझाव दिएका छन् ।

अहिलेको अनूगमन केवल व्यवसायीलाई तर्साउनेखालको भएको भन्दै उपभोक्ताहरुले अनूगमनमा कडाई गर्नुपर्ने माग गर्दै आएका छन् । तर प्रशासनकै कारण अनूगमनमा सुस्तताछाएपनि अन्य कार्यालयका कर्मचारीले गुनासो गर्न सकेका छैनन् । उपभोक्ताको स्वास्थ्यसंग खेलवाड गर्ने व्यवसायीलाई कडा कारवाही हुनुपर्ने उपभोक्ताको माग रहदै आएको छ ।

Published on October 5, 2016 at 11:38 pm

Loading...

यसमा तपाइको मत