के भारतको अघोषित प्रान्त हो ‘नेपाल’ ?

राम लामा

राजसंस्थाको विरोधका कुरा गर्न बन्देज हुँदा पनि कुनै प्रतिक्रिया नजनाउने नेपाली जनतालाई भारतका नेता चन्द्र शेखरले यसै सम्बन्धमा दिएको अभिव्यक्तिले भने यो विषयमा सोच्न बाध्य बनाएको थियो । २०४५ सालमा भारतका नेता चन्द्र शेखरले नेपाल आएका बेलामा “दुनियाँमा कतै पनि राजालाई देउता मान्दैनन तर तपाईँ नेपालीहरू विष्णु अबतार मान्नुहुन्छ” भन्ने अभिव्यक्ति दिए लगतै २०४६ सालमा नेपाली जनता राजतन्त्रको विरोधमा आन्दोलित भएका थिए । हुनत चन्द्र शेखरको यिनै अभिव्यक्तिलाई लिएर जनताले उनी बसेको नयाँ बानेश्वरको सेराटन होटेलमा ढुङ्गा मुढा प्रहार नगरेका पनि होइेनन । २०४४ सालमा तेस्रो सार्क सम्मेलनमा नेपाल पुगेका भारतका तात्कालिन प्रधानमन्त्री राजिब गान्धी सँगै पशुपतिनाथ मन्दिर दर्शन जानु भएकी उहाकी धर्मपत्नी सोनिया गान्धीलाई मन्दिर प्रवेशमा रोक लगाईदा दुई Dinesty बिचको सम्बन्ध मात्रै बिग्रिएन दुई देश बिचकै सम्बन्धमा दरार सुरु भयो भन्दा फरक नपर्ला ।

हुन त, जवाहर लाल नेहरुकै पाला देखिनै नेपालको शाहबंश र नेहरुको नेतृत्वमा रहेको काँग्रेस पार्टी बिचको सम्बन्ध चिसीन थालेको भए पनि समय र परिस्थितिले दुवै देशका नेताहरूलाई संयममा राख्यो तर कालान्तरमा आएर यो सम्बन्ध छताछुल्ल हुन पुगेको थियो।

भारतका गृह मन्त्री राजा नाथ सिंहले “नेपालमा १ करोड भारतीय छन् । उनीहरूको रक्षा गर्नु हाम्रो कर्तव्य हो”भनेर दिएको अभिव्यक्ति र नेपाली नेताको मौनता देख्दा पनि लाग्दछ राष्ट्रका लागि मुख खोल्न समेत डराउछन नेताहरू । हाम्रा नेताहरूले किन प्रश्न गर्ने आट गर्दैनन ? किन भने यो हाम्रै नेताहरूको निर्णयको प्रतिफल हो । शेर बहादुर देउबा प्रधानमन्त्री हुँदा खेरि संसदबाट पास भएर स्वीकृतिका लागि दरबार गएको नागरिकता सम्बन्धी अध्यादेशलाई राजा बीरेन्द्रले पुनर्बिचारका लागि संसदमै फिर्ता पठाएका थिए । सो विधेयकका बारेमा छलफल गर्दै राजा बीरेन्द्रले ,प्रधानमन्त्री शेर बहादुर देउबालाई भनेको प्रसङ्ग ” यो विधेयक पास भएको खण्डमा मूल आदिवासी नेपाली अल्पमतमा पर्छन” त्यति बेला संसदमा गाइगुइ चलेको थियो । राजा बीरेन्द्रको यो दुर्दर्शितालाई नेपालका कुनै पनि नेताले बुझ्न सकेनन् र यही विधेयक जन आन्दोलन २०६२/२०६३ पछि को सरकारले ७ दलको सहमतिमा संसदबाटै पारित गराएर तराईमा नागरिकता बाडेको इतिहास धेरै पुरानो छैन ।

दुई ठुला शक्तिशाली राष्ट्रको बिचमा रहेर लामो समय सम्म दुई ढुङ्गा बिचको तरुलको भूमिका निर्वाह गर्न कठिन हुने देखेर नै राष्ट्रबादी राजा स्व. बीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषीत गर्न राखेको प्रस्ताव चीन लगाएत ११२ भन्दा बढी राष्ट्रले समर्थन गरे पनि भारतले समर्थन नगर्दा त्यसै तुहिएर गयो,जुन प्रस्तावको खाचो आज देशलाई झन् टड्कारो रूपमा देखिएको छ ।

यस्तै उतार चढाबका बिच भारतले चैत्र २३, २०४५ साल गते देखी १६ महिना आर्थिक नाकाबन्दी लगाएर नेपाललाई आफ्नो सुरक्षा छाता भित्र राख्न गरेको प्रयासलाई राष्ट्रबादी राजा बिरेन्द्रले असफल मात्रै बनाएनन नेपाल र नेपालीलाई राष्ट्रमा आईपर्ने चुनौतीको सामना गर्न पनि सिकाए । उनको राष्ट्रबादलाई तात्कालिन प्रधानमन्त्री मरिच मान सिंह श्रेष्ठले नेपाली पन र नेपाली मुटुमा यसरी भरे कि सिँगापुरबाट दैनिक उपभोग्य सामान लगाएत पेट्रोल समेत विमान मै ल्याएर गर्जो टार्दा नेपाली जनताले पनि देशमा देखिएको अभावमा मितब्ययी बनेर सघाए भने सरकारले त्यस्तो विषम परिस्थितिमा पनि कतै मूल्य वृद्धि हुन दिएन ।

एकातिर हामीले भोगेको यो राष्ट्रबाद र अर्को तिर देखिएको वामपन्थी राष्ट्रबाद जुन कास्कीको धुम्पुसका लाउरे सँग २ वटा बन्दुक किनेर फागुन १,२०५२ सालमा ४० बुदे माग सहित जङ्गल पसेका माओवादीको तारतम्य नमिल्नु नै देशको लागि ठुलो दुर्भाग्य साबित हुन पुग्यो । भारतको आगरा युनिभर्सिटीमा अध्ययन गरिरहेका कमरेड मोहन विक्रम सिंहको प्रभावमा अ ने रा स्व बि यु बाट चोईटिएर २०४६ सालमा बनेको अ ने र स्व बि यु छैठौ पछि मसाल हुँदै क्रान्तिकारी सम्मका अवस्था पार गरेर जन्मिएको माओवादीको राष्ट्रबाद, राष्ट्रलाई जोड्नुको साटो फोड्न तिर अग्रसर भयो । जनयुद्धको नाउँमा माओवादीले शेर बहादुर देउबा प्रधानमन्त्री हुँदा दिएको ४० बुदे ज्ञापन पत्रमा झन्डै-झन्डै ३० बुदा भारत विरोधी माग राखेर जनतालाई खोक्रो राष्ट्रबादको पछि दौडन बाध्य पारेको नतिजा अहिले हामी भोग्दै छौ। भारत विरोधी अभियान चलाउने , टुडिखेलमा भारतीय बिस्तारबाद मुर्दाबाद भनेर गर्जने प्रचन्ड र बाबुराम जस्ता कथित राष्ट्रबादी भन्नेहरु लुक्ने थलो पनि भारतकै नयादिल्ली आसपासकै पहाडगन्ज भन्दा टाढा थिएन , जनताले यो कुरो बुझ्न धेरै समय खर्चनु पर्‍यो । जनयुद्धको दौरानमा गाउँ गाउँ गएर सुरक्षा फौज माथि आक्रमण गर्ने क्रममा भेटिएका द्रिष्यहरुमा केही भारतीय लडाकुहरु समेतको सम्लग्नता रहेको कुरामा विभिन्न सञ्चार माध्यमहरुमा आएकै थियो ।

राष्ट्रबादका अर्का प्रखर अभियन्ता, नौलो जनबादका व्याख्यता मदन भण्डारी सँगको राजा बीरेन्द्रलको सहकार्य पनि नेपाल भित्रका र नेपाल बाहिरका राष्ट्रबाद बिरोधिहरु मिलेर पूर्ण बिराम लगाई दिए । राजा र राजनेता दुई विपरीत धारका राष्ट्रबादीको मिलनले राष्ट्रिय शक्ति बलियो हुने त छदै थियो कम्युनिस्ट र राजसंस्था बिच पनि राष्ट्रका लागि सहकार्य हुन सक्छ भन्ने ज्वलन्त उदाहरण विश्वमै जाने थियो । यदि यो सहकार्य हुन सकेको भए चीन नेपालको बढी नजिक हुने सम्भावना देखेर नै मदन भण्डारीको हत्या भयो र यसको पछाडि कसको हात थियो भन्ने कुरा ड्राइभर अमर लामा जेल सजाए काटेर छुट्दा पनि मारिनु र एमालेको आफ्नै सरकार बन्दा समेत छानबिनमा अग्रसरता नहुनुले नै पुष्टि गर्दछ ।

नेपालको राजा संस्थासँग खास गरी राजा महेन्द्रसँग सधैँ खट्पट परि रहने जन नायक बि पी कोइराला २०१७ साल पछि भारतमा निर्बासित जीवन बिताउन पुगेको बेला उनलाई नेपाल विरुद्ध प्रयोग गर्न लागेको सुइको पाए पछि ” विदेशीको गोटी हुनु भन्दा त बरु राजा सँगै सम्झौता गरेर आफ्नै देशमा सङ्घर्ष गर्छु ” भनेर मेलमिलापको नीति लिएर देश फर्किएका थिए । त्यति बेला बिपी ले भनेका थिए राजा र म दुई विपरीत बिचरका व्यक्ति हौ तर राष्ट्रियताको नाममा राजा र मेरो घाटी जोडिएको छ। प्रजातन्त्र र राष्ट्रियता आपसमा परिपुरक छन् , एक बिना अर्को सम्भव छैन भन्ने कुरा बि पी ले राम्ररी बुझेका थिए ।

राष्ट्र र जनता प्यारो नभएको भए राजा बीरेन्द्रले निर्दलिय व्यवस्थालाई बहुदलिय प्रजातान्त्रिक व्यवस्थामा त्यति सजिलै सुम्पिने थिएनन। गोली त आफैले हान्नु पर्ने हो र ? मात्र राजाको एक आदेश काफी थियो शाही नेपाली सेनाका लागी । हुन त, आफू सत्तामा आउन १४००० निमुखा नेपाली जनताको घाटी रेटेका आतंककारी माओवादी पनि नेपाली नै भएकाले उनीहरूलाई मूल धारमा ल्याउन राजा बीरेन्द्रले गरेको प्रयासलाई असफल पार्ने शक्तिहरू नेपालमा विकास र शान्ति हुन नदिने खेलमा निरन्तर लागि रहे । नेपालमा विकास र शान्तिको नाममा आफ्नो अधिपत्य गुम्ने खतराले गर्दा नै विभिन्न कालखण्डमा भारतले नेपालका नेतृत्वमा चासो राख्ने कुरा जनतालाई भन्दा नेताहरूलाई नै छर्लङ्ग हुनुपर्ने हो । प्रभुको आशीर्वाद बिना नेपालमा सत्ता हत्याउन र सफल राजनीतिज्ञ हुन नसकिने दासत्वबोधले ,सुरुमा जनताका सामु विरोधमा गर्जनेहरु पनि भित्र भित्रै विभिन्न बहानामा प्रभुको दर्शनका लागि धाउने क्रम बढदै गएको देखिन्छ।

यस्तै परिस्थितिको मूल्याङ्कन गरेर स्वतन्त्र राष्ट्रको अस्तित्व बोकेर अरूसँग झुक्न हुँदैन भन्ने मनसाय बाट नै राजा बीरेन्द्रले झुक्नै परे नेपाली जनता सँगै झुक्छु भनेर बहुदलिय प्रजातन्त्रको घोषणा गरेका थिए , यो कुरालाई नेपाली जनताले राम्ररी बुझेका छन् । अहिलेको परिस्थिति हेर्दा छिमेकी प्रभुले नेपालमा बहुदल चाहेका थिएनन, मात्र राजा आफूले भनेका मान्ने होउन भन्ने थियो । बहुदलका बहुल नेताहरूलाई फोनको घन्टी बजाउनु भन्दा त एक राजालाई सहमत गराउन सजिलो हुने कुरा भारतीय नेताहरूले नबुझेका हैनन ,तेसैले त बहुदल हुँदै राजतन्त्र खारेज भएको यतिका वर्ष पछि पनि Baby King को चर्चा निकाल्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नियत पनि प्रस्टै बुझ्न सकिन्छ।

भारतको हरेक जसो कोलोनिमा चौकीदार र भान्छे देखी कारखानाका मजदुर ,गोर्खा राइेफल र आसाम राइेफलका प्राय तल्लो दर्जाका सिपाही देखी ब्यपार व्यवसाय सञ्चालन गरेर बस्ने नेपालीहरूको समूह सानो छैन । यी सबै नेपालीको मनमा भारत जे लागे पनि उनीहरूको कमाइमा बाच्ने परिवारको लागि भारत महान् अन्नदाता लाग्न सक्छ । भारतमा ठुला बन्द व्यापार गर्ने र बलिउड देखी ठुल्ठुला उध्योगमा काम गर्ने नेपालीहरू पनि नभएका होइेनन तर भारत नै कर्मभुमी भए पछि उपल्लो दर्जामा काम गर्ने भए पनि उनीहरूको आस्थामा पनि भारत नै बसेको देखिन्छ । भारत, सामान्य नेपालीहरूका लागि पेट पाल्ने जोहो गर्ने भूमि हो भने ठुला नेताका लागि आशीर्वाद माग्ने मन्दिर । यहाँनिर सोचनीय कुरा के छ भने अब भारत सँग सम्बन्ध नगांसिएका नेपाली कति छौ त ? सम्बन्ध नगांसिएका बाँकी नेपालीले पनि हिन्दी चलचित्र हेरेर सम्बन्ध गासेकै छौँ ।

मेरा एक मित्र हिमलालजीले ” सिक्किमे र दार्जलिङेहरु त भाग्यमानी रहेछन् बेलैमा भारतीय बनेछन” भनेको सुन्दा झापाड मात्रै हान्न बाँकी राखें , गाली त नेपालमा भए जति सबै सिध्याए । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी भन्ने मन्त्र जप्ने म , देशले मागे रगत दिने अठोट मेरो ,तर अहिले म जस्ताहरुको सङ्ख्या कति भेटिन्छ ? दार्जलिङका नेपालीहरूले ३ लाख भारुमा किन्ने मारुति सुजुकी नेपालमा किन्न १५ लाख तिर्न पर्छ । नेताहरूले गरेका भ्रष्टाचारबाट बढेको मूल्यको दस्तुर जनताकै थाप्लोमा पर्छ । ३०० प्रतिशत भन्सार मूल्य पनि जनताकै थाप्लोमा पर्छ । आफ्नो र परिवारको भोको पेट लिएर कहिले सम्म नेपाली भनेर बाँच्न सकिन्छ र ? मनिषा कोइेरालालाई भारतले चम्कायो , उदित नारायणलाई भारतले यैस आराम को जिन्दगी दियो । नेपालमै बसेका भए उनीहरू अर्को भक्तराज आचार्य हुन के बेर र ! कति नेपाली नेताहरूले प्रभुको आशीर्वादले ओहोदा हात पारे, कोही शरण परे आफ्नो नामको लागि ,कोही बाध्य भए आफू र आफ्नो परिवारको भोकोपेटका लागि । हुनत , कुन चाँही व्यापार भारत बिना चल्न सक्छ नेपालमा ?। कहीँ कच्चा पदार्थ त कहीँ कामदार , कहीँ प्रविधि त कहीँ मेशिन तथा औजार । कतै नै कतै बाट जेलिएका छौ हामी । चाहे त्यो गार्मेन्ट तथा पश्मिना उध्योग होस चाहे खाध्य तथा पेय पदार्थको उध्योग ।

हामी मुर्खताका साथ भन्छौ “साला धोतीहरु” तर त्यही धोतीहरुको धोतीले प्रत्यक्ष्य वा अप्रत्यक्ष्य रूपमा स्वदेश अनि विदेशमा हाम्रो लाज बचाइ रहेको छ। हाम्रो लाज ढाक्न धोतीको, धोती सापट लिएर हामी कैले सम्म जीवन निर्वाह गर्न सक्छौ ? मधेस तिर एउटा उखान छ “भाइ फुटे गवार लुटे”, के अब पनि हामी लुटिनु बाहेक अरू विकल्प खोज्न सक्दैनौ ? सच्चा देश प्रेमी सबै नेपालीहरू जुट्नु पर्ने बेला आएको छ, मात्री भूमिको अस्तित्वको लागि ।

Published on October 5, 2016 at 10:55 pm

Loading...

यसमा तपाइको मत