सरोजको प्याकुरेलको सङ्गीत र हेमन्त शर्माको स्वरमा दसैँ गीत (भिडियो सहित)

विआरटी नेपाल सम्बाददाता,

सङ्गीतकार सरोज प्याकुरेलको सङ्गीत अनि हेमन्त शर्माको स्वरमा दसैमा बोलको गीत सार्वजनिक भएको छ । यो गीतलाई सुदन डोटेलले लेख्नु भएको हो । गीतको म्युजिक भिडियो पनि सार्वजनिक भैसकेको छ । भिडियोमा सुदन डोटेल, भुरि खड्का, श्रीदेब भट्टराई, गोकुल सुवेदी,अमुल अर्याल र रमेश कोइरालाको अभिनय रहेको छ ।

सरोज प्याकुरेलले सङ्गीत गरेको यो गीत मिडियाबाट दशैको अवसरमा निकै छाएको छ । सरोज प्याकुरेलल यो भन्दा अगाडी चलचित्र नयाँ पुस्ता, दलाल, यो मन, क्रिमिनल र केही बन्न बाँकी चलचित्रका अतिरिक्त एल्बम दुखाई, समयले कोल्टे फेर्दा, फेरि हेर्ने मनछ लगायत धेरै फुटकर एल्बममा सङ्गीत गरेका छन् । उनले सङ्गीत भरेको सुदन डोटेलको एल्बम यादहरुमा मङ्सिरमा बजारमा आउदै छ । दसैमा हो दसैमा बोलको यस गीतले दसैमा घर जान आतुर एउटा छोराको काहानिलाई समेटेको गीतकार सुदन डोटेल बताउछन् ।

सङ्गीत को अतिरिक्त पत्रकारिता र अध्यापनमा संलग्न सरोज प्याकुरेल विभिन्न सुन्दरि प्रतियोगिताका सहभागीलाई मोटिभेसन क्लास पनि दिने गर्दछन् ।

Published on October 5, 2016 at 10:44 am

Loading...

यसमा तपाइको मत