अमेरिका जानका लागि दिइने भिसा र पस्न/बस्न दिइने अनुमति भनेका फरक कुरा हुन– विनोद रोका, एर्टनी एट ल, न्यूर्योक

विनोद रोका, एर्टनी एट ल, न्यूर्योक

मैले दुईजना नेपाली कलाक्षेत्रका हस्तीहरुका अमेरिकाको गैर आवासीय भिसा (Non-immigrant visa) को बारेमा आएका जिज्ञासाहरु सुन्ने मौका पाए। ऊहाहरुले अमेरिकाको ५ वर्षको मल्टीपल गैर आवासीय भिसा पाउनु भएको रहेछ। एक जना पासपोर्टमा लागेको ५ वर्षको गैर आवासीय भिसाको म्याद सकिने २ महिना अगाडीमात्र अमेरिका आउनु भएकोमा पोर्टअफ ईन्ट्रिमा U.S. Customs and Border Protection (CBP)ले ६ महिनाको लागि अमेरिकामा बस्ने अनुमति दिएको थियो । यसरी भिसा पाउनु हुने व्यक्तिलाई पासपोर्टमा तोकिएको भिसाको म्याद भन्दा बढी समयसम्म अमेरिकामा बस्ने अनुमति दिएकोमा कुन मितिसम्म अमेरिकामा बस्न पाउने भन्ने चिन्ता थियो। त्यस्तै मल्टीपल भिसामा अमेरिका धेरै पटक आएर पुन नेपाल फर्किनु भएका कलाकारको पासपोर्टमा लागेको गैर आवासीय भिसाको म्याद १५ दिन भित्र सकिने हुँदा यही भिसाको आधारमा अमेरिका आऊदा प्रवेशै नदिई पोर्टअफ ईन्ट्रिबाट फर्काईदिने हो कि? भन्ने चिन्ता थियो।

मैले अमेरिकामा आउनु भएका मित्रलाई अमेरिकामा सिबिपीका अधिकृतले पोर्टअफ ईन्ट्रिबाट अमेरिका पस्न र बस्न दिएको अनुमतिको आधारमा तपाईँले ६ महिनासम्म बस्न पाउनु हुन्छ भने किनकि पासपोर्टमा लागेको भिसा भनेको अमेरिकी कन्सुलर अफिसरले तपाईँ अमेरिकामा पासपोर्टमा लागेको मिति भित्र अमेरिकीमा प्रवेशआज्ञाका लागि अनुरोध गर्न योग्य हुनुहुन्छ भनी दिएको अनुमतिपत्र मात्र हो। त्यो तपाईँलाई अमेरिकामा बस्न पाउने गरी अनुमति दिएको प्रमाण होइन। तथापि उहाँको शङ्का सकिएको जस्तो लागेन किनकि उहालाई साथीभाईले पासपोर्टमा लागेको भिसाको म्याद भन्दा आइ ९४ मा सिबिपीका अधिकृतले अमेरिकी पोर्टअफ ईन्ट्रीबाट ६ महिनासम्म बस्न पाउने गरी दिएको भिसा झुक्कीएर दिएको होला। नत्र यस्तो हुनै नपर्ने भनी दिएको जानकारीको अझै असर बाकी थियो।

आउन लाग्नु भएका अर्का कलाकार मित्रले नेपालबाट फोन गरेर सोध्नु भो अमेरिकाको मल्टीपल भिसाको म्याद १५ दिन भन्दा कम छ। सबैजनाले नयाँ भिसा लिएर जानु पर्छ होइन भने एरपोर्ट अर्थात् पोर्ट अफ ईन्ट्रिबाट फर्काईदिन्छ भन्छन्। के गरौँ? मैले उहालाई भने तपाईँको पासपोर्टमा लागेको भिसाको म्यादभित्र तपाईँ अमेरिकामा प्रवेशज्ञाको अनुमति माग्न पोर्ट अफ ईन्ट्रिमा आउन सक्नुहुन्छ। तपाईँ अमेरिकामा प्रवेश गर्न योग्य हुनुहुन्छ कि हुँदैन? भनी अमेरिकी अद्यागमन सिबिपीका अधिकृतले निरिक्षण गर्दा तपाईँ अमेरिका प्रवेश गर्नका लागि योग्य हुनुहुन्छ भन्ने लागेमा बि१ र बि २ भिसा सामान्यतया बढीमा ६ महिनासम्म अमेरिकामा बस्न पाउने अनुमति दिन्छन, जुन आई-९४ नामक कागजमा उल्लेख गरिएको हुन्छ। अत आउनु भएमा भिसाको म्याद थोरै भएको कारणले मात्र तपाईँलाई अमेरिकाको पोर्टअफ ईन्ट्रिबाट फर्काऊन सक्ने सम्भावना रहदैन। मेरो जवाफ सुनेपछि पनि उहाँले मलाई अर्कोदिन फेरी पनि फोन गरेर सोध्नु भो? होइन फेरी कन्र्फम गरौँ भनेर फोन गरेको। मान्छेहरूले अझै पनि डर देखाऊदैछन।

अमेरिकी अद्यागमन कानुन अनुसार भिसा वेभर गरिएका देश बाहेकका विदेशी नागरिकलाई अमेरिका प्रवेशका लागि बि१ वा बि२ का सिंगल ईन्ट्री र मल्टीपल ईन्ट्री भिसा सम्बन्धित देशमा रहेको अमेरिकी कन्सुलर अफिसले दिने गर्दछ। यदि त्यस्तो विदेशी नागरिक अमेरिका गएर पुन आफ्नो देशमा फर्की आउँछ भन्ने विश्वास लागेमा र अमेरिकामा बस्ने अनुमति पाएमा व्यक्ति अलपत्रमा पर्दैन अर्थात् अमेरिकी सरकारले निजको खर्च व्यहोर्नु पर्दैन भन्ने देखिएमा। विदेशी नागरिकले अमेरिकाको भिसा पाऊनका लागि दरो आर्थिक स्थिति भएको अमेरिकी नागरिक वा ग्रिनकार्डहोल्डरले स्पोन्सर गरेको हुनुपर्छ भन्ने धारणा गलत हो। विदेशी नागरिकले अमेरिका आउने भिसा पाउनु भनेको निज भिसाको म्याद सकिनु भन्दा अगाडी अमेरिकामा प्रवेशाज्ञाका लागि हवाईजहाज, पानीजहाज, वा अन्य सवारीका साधानमा चढेर अमेरिकाका लागि प्रस्थान गर्न सक्छ भन्ने हो,। यदि भिसा छैन भने सवारी साधनहरुले त्यस्ता विदेशीलाई अमेरिका ल्याऊदैनन।

अमेरिकामा पस्न र बस्न दिने अनुमति सिबिपीका अधिकारीले दिएभने त्यस्ता विदेशी आई ९४ मा उल्लेख गरेको समयावधिसम्ममात्र अमेरिकामा बस्न सक्दछन। आजकल हवाईमार्गबाट आउने विदेशी नागरिकलाई पोर्ट अफ ईन्ट्रिमा सिबिपीका अधिकारीले आई ९४ नदिई केवल पासपोर्टमा अमेरिकामा पस्ने र बस्ने प्रवेशाज्ञा पाएको छाप र मिति उल्लेख गर्दछन्। यदि व्यक्तिलाई आई ९४ को प्रमाण चाहिए त्यही समयमा अधिकृतसंग अनुरोध गर्नु पर्दछ। र पाईसकेपछि त्यस्मा आफ्नो नाम, जन्ममिति, र बस्ने अनुमति सही छ कि छैन भनी हेर्नु उचित हुन्छ। कुनै गल्ती भएमा त्यसैबेला सच्याऊन अनुरोध गर्नुपर्दछ। पछि गल्ती देखिएमा सच्याऊन झमेला हुन्छ। यदि आई ९४ को प्रमाण लिन छुटेको भए सिबिपीको वेबसाइटमा आफ्नो नाम, देश, पासपोर्ट नम्बर, र प्रवेश गरेको मिति राखेमा वेबसाइट www.cbp.gov/I94बाट पनि आई ९४ प्रिण्ट गरेर लिन सकिन्छ। विदेशी नागरिकले अमेरिकामा बस्न पाउने समय भनेको आई ९४ मा लेखिएको समय हो पासपोर्टमा लागेको भिसाको म्याद होइन। विदेशी व्यक्तिको मल्टीपल भिसा छ तर निज तोकिएको समय भन्दा १ दिन पनि बढी अमेरिकामा बसेमा त्यस्ता व्यक्तिको मल्टीपल भिसा स्वतः बदर हुन्छ। यदि व्यक्ति भिसाको म्याद नथपी वा थप्ने कार्वाही नचलाई १८० दिनदेखि १ वर्षसम्म अनधिकृत रूपबाट बसेमा ३ वर्षसम्म र १ वर्षभन्दा बढी समयसम्म अनधिकृत रूपबाट बसेमा १० वर्षसम्म अमेरीमा आऊनका लागि अयोग्य ठहरिन्छ ।

====================================
(विनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोस्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।)

तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com वा www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।

Published on October 5, 2016 at 7:22 am

Loading...

यसमा तपाइको मत