डिसीमा पहिलो नेपाली लायन्स क्लबको चार्टर नाइट सम्पन्न

डिसी

अमेरिकाको डिसी महानगर क्षेत्र तथा लाइन्स क्लबको शत बार्षिकीमा स्थापना भएको पहिलो नेपाली लायन्स क्लब मनासस एभरेष्ट लायन्स क्लबको चार्टर नाइट सम्पन्न भएको छ । अमेरिकाको २४ ए डिष्ट्रिक्टकी पूर्व गभर्नर करेन उडल पार्करले क्लबका सबै नव पदाधिकारीहरुलाई शपथ गराएकी थिइन् l सो समारोहमा अतिथिको आसनवाट बोल्दै अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्की ले अन्तरराष्ट्रिय जगतमा सेवा गरिरहेको लायन्स क्लबको छहारीमा नेपालीको लायन्स क्लब खुल्नु सुखद भएको बताउँदै क्लबले समुदायमा सेवा पुर्‍याउने आशा व्यक्त गरे l

सो समारोहको लागि क्यालिफोर्निया राज्यबाट भाग लिन आउनु भएका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर राजेन थापाले गोविन्द गिरी प्रेरणा लामो समयदेखि परिचित व्यक्ति भएको र उहाँको नेतृत्वमा क्लबले समुदायमा सेवा पुर्‍याउने विश्वास व्यक्त गरे l

२४ ए डिष्ट्रिकका गभर्नर जे मोहनले आफूले क्लबको बैठकमा भाग लिंदा परिवारको बिच बसेको अनुभूति भएको बताउँदै आफ्नो डिष्ट्रिक्टमा यो क्लबको नाम उच्च हुनेमा आफूलाई विश्वास भएको बताए l

मनासस एभरेष्ट क्लब २७ जुलाईमा स्थापना भएको थियो । साहित्यकार, पत्रकार , समाजसेवी गोविन्द गिरी प्रेरणा क्लबका अध्यक्ष भएका छन् भने सचिवमा दोवा ढकाल, कोषाधयक्ष अनुभव गिरी तथा मेम्बरसिप डाइरेक्टर विष्णु गुरुँग छन् । यसै गरी सदस्यहरूमा अन्जु गिरी, सिसम गुरुँग, सन न्ह्यूइन, पवन गौतम, साधना गौतम, शोभा ढकाल, दिवाकर ज्ञवाली, इन्दिरा आचार्य, लोक तिवारी, अनुरोध गिरी, लक्ष्मी गिरी, दिनुप ज्ञवाली, सफर थापा, कविन्द्र सिटौला, सुधिर वास्तोला, रञ्जय उपाध्याय, राजेन्द्र खनाल, पवन जीसी तथा नन्दलाल उपाध्याय रहेका छन् l

कार्यक्रमलाई समापन गर्दै क्लबका अध्यक्ष गोविन्द गिरी प्रेरणाले चार्टर नाइटमा सहभागी अतिथिहरु, अरू क्लबका सदस्यहरू सबैलाई धन्यवाद ज्ञापन दिँदै मनासस एभरेष्ट लायन्स क्लब मार्फत समुदायमा सेवा पुर्याउँदै मानवियताका लागि काम गर्ने बताए । कार्यक्रम सञ्चालन पूर्व परिषद् सभापति ह्यारी पार्करले गरेका थिए l मनासस एभरेष्ट लायन्स क्लबमा हाल २३ जना चार्टर सदस्यहरू रहेका छन् l

Published on October 5, 2016 at 6:46 am

Loading...

यसमा तपाइको मत