डाँसमोरङ्गीको अध्यक्षमा कटुवाल

भूपेन्द्र तिम्सिना-पथरी, १९ असोज

मोरङको पथरीशनिश्चरे ८ जिरिखिम्तीस्थित डाँसमोरङ्गी सामुदायिक बन उपभोक्ता समूहको अध्यक्षमा गणेश कटुवाल निर्वाचित भएका छन् । कटुवालले अध्यक्षका प्रत्यासी समूहका निवर्तमान अध्यक्ष शिवप्रसाद भट्टराईलाई ७४ मत अन्तरले पराजित गरी आफु विजयी बनेका हुन् ।

निर्वाचनमा कटुवालले २ सय १८ र भट्टराईले १ सय ४४ मत प्राप्त गर्नुभएको निर्वाचन प्रमुख अर्जुन पोखरेलले बताए । उपाध्यक्षमा दीपक राईलाई पराजित गर्दै उद्धव विक, सचिवमा करुणा राईलाई पराजित गर्दै गीता खड्का र कोषाध्यक्षमा धनबहादुर श्रेष्ठलाई पराजित गर्दै भीम मगर विजयी बनेका छन् ।

सहसचिवमा जीवन कटुवाल तथा ७ टोलीबाट सदस्य तथा विभिन्न उपसमिति यसअघि नै निर्विरोध निर्वाचित भइसकेको छ । सामुदायिक बन उपभोक्ता महासंघ मोरङका अध्यक्ष अग्नी पौडेलको प्रमुख आतिथ्यताको एक कार्यक्रमकाबीच नयाँ समितिलाई मंगलबार पदभारग्रहण गराउने काम सम्पन्न भएको छ ।

असोज १० गतेको १५ औं वार्षिक साधारणसभामा चालु समिति विघटन भएपछि चुनावी प्रतिष्पर्धाकोस्थिती बनेको थियो ।
निर्वाचन समितिले चुनावचिन्ह समेत प्रदान गरी मतदानको प्रक्रियाका बारेमा समेत थप सचेत बनाउने काम गरेको थियो ।

Published on October 4, 2016 at 9:02 pm

Loading...

यसमा तपाइको मत