बेलबारी टइब्रेकरमा फाइनलमा

भूपेन्द्र्र तिम्सेना-पथरी, १९ असोज

मोरङको बाहुनीमा जारी पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताकोे पहिलो सेमी फाइनल खेलमा टाइब्रेकरमा बेलबारी फुटबल क्लबले विजय हाँसिल गरी आफुलाई फाइनलमा उतारेको छ ।एम्ब्रियो युवा क्लबद्धारा आयोजित प्रतियोगितामा २–२ गोलको स्थितीबाट खेल बराबरी भएपछि बेलबारीले बराह फुटबल क्लब सुनसरीलाई टइब्रेकरमा पराजित गरी जित आफ्नो पक्षमा पार्न सफल भएको हो ।

खेल अवधिभर पानी परिरहेपनि खेलाडीहरुले आफ्नो उत्साह जगाइरहे भनें दर्शकहरु पनि भिज्दै खेल हेर्न छुटाएनन् ।

प्रतियोगिताको पहिलो हाफको पाँचौं मिनटमा बराहका निशान लिम्बूले पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ११ औं मिनटमा बराहका उनै निशानले अर्काे गोल थपेर टिमलाई जिततर्फ हौस्याएका थिए ।

१६ औं मिनटमा बेलबारीका कर्ण लिम्बूले १ गोल र २५ औं मिनटमा विक्रम लिम्बूले १ गोल गरेर खेल बराबरीमा ल्याउन सफल भएपछि स्थितीले कोल्टे फेर्न पुग्यो ।

उत्खननका क्रममा रोकिएको बाहुनीको पेटेलखानीको पहिचानलाई समेत उजागर गर्न आयोजित प्रतियोगिताको भोलीको दोस्रो सेमीफाइनल खेल आयोजक र उर्लाबारी फुटबल क्लबबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल असोज २० गते हुनेछ ।

बेलबारी सामुदायिक नोबेल अस्पतालको मुख्य प्रायोजन तथा विदेशमा रहेकाहरुको विशेष सहयोगमा हुने प्रतियोगिताको विजेताले ५५ हजार र उपविजेताले ३५ हजार नगद सहित पुरस्कार प्राप्त गर्नेछन् ।

Published on October 4, 2016 at 8:44 pm

Loading...

यसमा तपाइको मत