राष्ट्रिय मानव अधिकार आयोगद्वारा डा. गोविन्द के.सी.को जीवन रक्षाको आग्रह (प्रेस विज्ञप्ति)

विआरटी नेपाल सम्बाददाता- काठमाडौं,१८ असोज

प्रेस विज्ञप्ति
(आमसञ्चारका माध्यममा तत्काल उपयोगको लागि)
२०७३ असोज १८ गते

डा. गोविन्द के.सी.को जीवन रक्षा गरी वार्ताबाट समस्याको समाधान गर्न आग्रह

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र शिक्षामा भएका अनियमिताहरुको अन्त्य, नयाँ चिकित्सा शिक्षा ऐन लगायतका मागहरु राखी यही मिति २०७३ भाद्र १० गते देखि अनसनरत डा. गोविन्द के.सी.को स्वास्थ्य अवस्थाको सम्बन्धमा आयोगले पुनः अनुगमन गरको छ र निजको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।

आयोगको अनुगमन टोलीले डा. के.सी. र उपचारमा संलग्न चिकित्सकहरुसँग वहाँको स्वास्थ्य अवस्थाको सम्बन्धमा जानकारी लिएकोे छ । शरीरमा अक्सिजनको मात्रा घटबढ हुने गरेको कारण श्वासप्रश्वासमा समस्या भएको, शरीरका जोर्नीहरु दुःखेको र स्वास्थ्य कमजोर बन्दै गएको आयोगको अनुगमनको क्रममा बुझिएको छ । विरोधको स्वरुप जस्तोसुकै भएपनि व्यक्तिको स्वास्थ्य उपचार जीवनको अधिकारसँग जोडिएकोले निजको जीवनरक्षा प्रति तत्काल संवेदनशील हुन आयोग सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ । आयोग अनसनरत चिकित्सक डा. के.सी र नेपाल सरकारलाई सार्थक र संवादबाटै समस्याको समाधान खोज्न पनि आग्रह गर्दछ ।

यसैगरी, झापा जिल्ला विर्तामोड स्थित वि.एण्ड सी. अस्पताललाई मेडिकल कलेजको रुपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने लगायतका ६ सुत्रीय नागरिक सरोकार समाजका मागहरु प्रति ऐक्यबद्धता जनाउँदै आमरण अनसनमा बसेका नागरिक समाजका अगुवा चैतन्य प्रकाश मैनालीको स्वास्थ्य अवस्था तथा मागहरुको सम्बन्धमा पनि समयमै ध्यान पुर्याउन आयोग नेपाल सरकारसँग आग्रह गर्दछ ।

…………………
मोहना अन्सारी
सदस्य\प्रवक्ता

 

 

Published on October 4, 2016 at 4:13 am

Loading...

यसमा तपाइको मत