काष्ठमण्डपको निर्माण ६८१ वर्षअघि

काठमाडौं, १८ असोज

काष्ठमण्डपको निर्माण ६८१ वर्षअघि भएको तथ्य फेला परेको छ। भूकम्पले भत्काएको काष्ठमण्डपको काठ व्यवस्थित गर्ने क्रममा हनुमानढोका दरबार हेरचाह अड्डामा राखिएको थाममा सो मिति उल्लेख भएको ताम्रपत्र भेटिएको छ ।
तीनवटा सँगसँगै रहेका ताम्रपत्रमा नेपाल संवत् ४५४, नेपाल संवत् ४९१ र नेपाल संवत् ५४३ कुँदिएको पाइएको छ । अहिले नेपाल संवत् ११३६ चलिरहेको छ । ताम्रपत्रमा लेखिएका अन्य विवरण अध्ययनको क्रममा छ । हनुमानढोका दरबार अड्डा प्रमुख सरस्वती सिंहका अनुसार अध्ययन टोलीको प्रतिवेदन आएपछि अन्य विवरण सार्वजनिक हुनेछ ।
पुरातात्वविद्द्वय मुकुन्दराज अर्याल र शुक्रसागर श्रेष्ठले यसको अध्ययन गरिरहेका छन्। यसअघि लिखित अभिलेख नपाएर अनुमानित गणनाबाट काष्ठमण्डप निर्माणकालको आँकलन गरिँदै आएको थियो । उक्त ताम्रपत्र आँखा नपर्ने गरी मण्डपको अग्लो भागको थाममा पाइएको छ । काष्ठमण्डप भत्केर छरिएका काठ, थाम, निदाल पुनःनिर्माणका लागि सिलसिलेवार मिलाउने क्रममा ताम्रपत्र पाइएको हो । काष्ठमण्डपको पुनःनिर्माण कार्य काठमाडौँ महानगरपालिकाले गर्दैछ ।
हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सरस्वती सिंहले ताम्रपत्रको लिपि अध्ययनपछि पुरातìवविद्बाट मण्डपबारे सत्यतथ्य विवरण सार्वजनिक हुने बताए।
काष्ठमण्डपलाई एउटै रूखको काठबाट बनेको मण्डप भनिँदै आएको छ । बेलायतको दुरहाम युनिभर्सिटीका पुरातìवविद्ले केही महिनाअघि काष्ठमण्डपको जगमा सुनका पाता तथा केही मुद्रा पाएका थिए । यी सामग्री पुरातìव विभागमा सुरक्षित छन् । काष्ठमण्डपबाटै अपभ्रंश भई काठमाडौँ भनिएको हो भनिन्छ ।
हनुमानढोका दरबार क्षेत्रमा वसन्तपुर गद्दी बैठक, माजुदेगल, कृष्ण मन्दिर, कागेश्वरीलगायत आधा दर्जन सम्पदा भूकम्पले भत्किएका छन् । यीमध्ये तलेजु भवानी मन्दिरको छाना गजुर मिलाएर आवश्यक मर्मत कार्य हेरचाह अड्डाबाट भइरहेको छ । पञ्चमुखी हनुमान पुनःनिर्माण सम्पन्न भएको छ भने दिगु तलेजु पनि निर्माण सम्पन्न भएको छ । सिंह सत्तलको साठी प्रतिशत पुनःनिर्माण कार्य सकिएको छ । गद्दी बैठक अमेरिकी सांस्कृतिक संरक्षण अन्तर्गत राजदूत कोषको सात करोड रुपियाँको अनुदानमा पुनःनिर्माण घोषणा गरिएको छ । यो खबर आजको गोरखापत्रमा छ ।

Published on October 3, 2016 at 9:02 pm

Loading...

यसमा तपाइको मत