सुनिल र निसाको प्रस्तुतीले भावुक बन्यो ड्यालस अर्भीङ आर्ट सेन्टरको मेहफिल

विआरटी नेपाल सम्बाददाता-टेक्सास ,४ अक्टोवर

रंगमञ्चको दुनियाका उच्च छवि बनाएका सुनिल पोख्रेल र निसा शर्माले अमेरिककाको टेक्ससमा आफ्नो एकल प्रस्तुती  दिएका छन् । नाटक प्रस्तुतीकै लागि अमेरिका आएका यी दम्पत्तीले टेक्सास राज्यको ड्यालस अर्भीङ आर्ट सेन्टरमा आफ्नो प्रस्तुती दिएका हुन् ।

नेपाल समाज टेक्सास र अन्तराष्ट्रिय साहित्य समाज टेक्सासले आयोजना गरेको कार्यक्रममा निशा शर्माको सोलो अभिनय रहने ‘याज्ञसेनी’मा दर्शकहरु भावुक भएका थिए । ‘याज्ञसेनी’ सुनील पोख्रेल निदेर्शीत आफैंले निर्देशन गरे । डा. प्रतीभा रायद्वारा उडिया भाषामा लिखित उपन्यास । ‘याज्ञसेनी’ महाभारतको कथामा आधारित नाटक हो । जसमा निसा द्रोपदीको भुमिकामा देखिएकी छन् ।

करिब एक घन्टा लामो यो नाटक प्र्रस्तुतीलाई हेरेका दर्शकले निसाको कला क्षमताको खुलेर तारिफ गरे । निशाको यो दोस्रो एकल अभिनय हो।

ड्यालस अर्भीङ आर्ट सेन्टरमा सुनिलले आफनो जीवनमा आधारित प्रस्तुती जीवन नाटक मार्फत दिए । सुनीलको संक्षिप्त जीवनयात्रा माथिको प्रस्तुति यो नाटक मार्फत गुरूकुलमा मञ्चन भएका करिब आधा दर्जन नाटकमा बालकलाकारको रुपमा अभिनय गरेका सुनिलका छोरा निशांस आफ्नै बाबुलाई निर्देशन गरेर लामो समयपछि रंगमन्चमा ुकमब्याकु गरेका छन् ।

कविता र गजलको प्रस्तुतीसंगै रंगमञ्चमा उत्रिएका सुनिलको नाटक प्रस्तुतीले दर्शकलाई पुरा समय बाँधेर राखेको थियो । सुनिल र निसाको प्रस्तुती हेर्न समय निकालेर ड्यालस अर्भीङ आर्ट सेन्टर पुगेका दर्शकलाई सुनिल र निसा दुबैले आभार ब्यक्त गरे । परदेशमा बसेर पनि नेपाली नाटकलाई गरेको मायाले आफुहरुमा उर्जा थपीएको उनिहरुले बताए ।

केही समयअघि ‘सिजर अट्याक’ भएर अस्पताल भर्ना भएका पोखरेल श्रीमती र छोरा सहित अमेरिका आएका हुन् । दशैं र तिहार उतै मनाउनेगरी अमेरिका पुगेका यी परिवारले करिब डेढ महिना अमेरिकाका एटलान्टा, फेयरफेक्स, बोस्टन र न्युयोर्कल लगाएतका राज्यहरुमा आफ्नो प्रस्तुती दिनेछन् । साथै दर्शकको माग रहेमा अन्य राज्यमा पनि उनिहरुले प्रस्तुती दिने बताईएको छ ।

अमेरिकाका बिभिन्न सहरमा नाटक मन्चन, रंगमन्च सम्बन्धि क्रियाकलापमा भाग लिनुका साथै पारिवारिक भेटघाटमा समेत सामेल हुने बताएका सुनिल र निसाले अमेरिकाको यात्रा सकेपछि नेपालको शिल्पी थिएटरमा यी नाटकहरु प्रस्तुत गर्नेछन् ।

Published on October 3, 2016 at 12:52 pm

Loading...

यसमा तपाइको मत