त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभाग, नेपाली भाषा शिक्षा विभाग, कीर्तिपुर काठमाडौँद्वारा जारी गरिएको विज्ञप्ति

विज्ञप्ति

नेपाली भाषामा निम्त्याइएका अराजकता र अव्यवस्थाका विरुद्ध त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभाग, नेपाली भाषा शिक्षा विभाग, कीर्तिपुर काठमाडौँद्वारा जारी गरिएको विज्ञप्ति

 

हजार वर्षभन्दा लामो इतिहास र परम्परा भएको नेपाली भाषाको प्रयोग नेपालमा मात्र सीमित नरही नेपालबाहिर पनि अन्तर्राष्ट्रिय भाषाका रूपमा स्थापित भइसकेको छ । यो भाषा नेपाली भाषा, नेपाली जाति, नेपाली राष्ट्रियता र संस्कृतिको संवाहक पनि हो । विगत केही समयदेखि नेपाली भाषाको लिपि र वर्णविन्यासमा भएको परिवर्तनबारे चासो र चिन्ता व्यक्त गर्दै विभिन्न क्षेत्रका व्यक्ति, संस्था एवम् समुदायबाट जेजस्ता प्रतिक्रियाहरू आएका छन्, त्यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

सरलताका नाममा शिक्षण प्रशिक्षणमा समेत असहजता र अन्यौल सिर्जना हुने गरी आम प्रयोगकर्ताको भावना प्रतिकूल भए गरेका वर्णविन्यास परिवर्तनसम्बन्धी नियमलाई सच्याई समाधानतर्फ अविलम्ब कदम चाल्न सम्बद्घ पक्षसँग जोडदार माग गर्दछौँ ।

प्रा.डा. पारसमणि भण्डारी            प्रा.डा. रामप्रसाद भट्टराई
अध्यक्ष                                         विभागीय प्रमुख
नेपाली शिक्षा विषय समिति           नेपाली भाषा शिक्षा विभाग

Published on October 2, 2016 at 9:14 pm

Loading...

यसमा तपाइको मत