अमेरिकामा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन निर्माणको सहयोगार्थ सांस्कृतिक कार्यक्रम सम्पन्न

विआरटी नेपाल सम्बाददाता, कोलोराडो

अमेरिकाको सेन्ट जेवियर्स एलुम्नाइ एसोशियसनले भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन निर्माणको लागि कोलोराडोमा अक्टुबर १ तारिखमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । करिब ३०० जना सङ्गीत प्रेमिहरुको बिचमा फेरि पनि नेपाली पप सङ्गीतका हस्ती दिपेश किशोर भट्टराई, प्रसिद्ध गायक सरोज दत्त, विजय अधिकारी, आकृति राई अधिकारी र सेतु भोजपुरे गुन्जिएका थिए । लोक सङ्गीतका चर्चित गायक खेमराज गुरुङ र पप गीतका कुशल तथा चर्चित गायक सुनिल बर्देवाको सम्झना उनीहरूको गीतद्वारा श्रदान्जली अर्पण पनि गरिएको उक्त कार्यक्रम गुर्खास स्पोर्टस ग्रिल अरोरामा सम्पन्न भएको थियो । dipesh-live-1

ड्रममा क्रमश बिरेन्द्र सिंह सुवाल र सरोज प्रसाइ, गीतारमा अनुपम राई, बेस गीतारमा जोनाथन राइट तथा तबलामा विजय खालिङले साथ दिएको उक्त कार्यक्रमको साउण्ड सिस्टममा अब्राम डिनले सञ्चालन गरेका थिए । आकृति राईले सञ्चालन गरेको उक्त कार्यक्रमबाट उठेको रकम भूकम्पले क्षतिग्रस्त भएको सेन्ट जेवियर्स स्कुल भवनको हरेक कोठामा स्मार्ट कक्षा बनाउन सहयोग गरिने छ । जामिन फर नेपाल नाम दिइएको उक्त कार्यक्रमको दोर्सो चरणमा डी जे सहित सम्पन्न d

dip

dipesh-liveभएको थियो ।  dipesh2

 

dipesh-live2

फोटो : सुनिता थापा, कुमार जङ कार्की

Published on October 2, 2016 at 3:45 pm

Loading...

यसमा तपाइको मत