अमेरिकामा भलिबल र भोटिङ सचेतना कार्यक्रम सम्पन्न

विआरटी नेपाल सम्बाददाता, कोलोराडो ।

Published on October 2, 2016 at 1:56 pm

gbcc-9

मारिक एडल्ट डेकेयर र ग्लोबल भुटानिज कमुनिटी कोलोराडोको आयोजनामा अन्तर कमुनिटी भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कोलोराडोको नेपाली समुदायमा सर्वाधिक १४ टिमले दर्ता गरेको उक्त प्रतिस्पर्धामा भुटानिज टिम डेनवर युथ अरोराले बाजी मारेको छ भने डेनभरको म्यान्मार टिम(St James) उपबिजयता भएको छ । भुटानको ६, नेपालको ४ र बर्माको २ टिम सहभागी भएको उक्त खेलमा तेस्रो स्थानमा गोल्डनको शेर्पा हाउसले आफ्नो स्थान सुरक्षित गरेको थियो । gbcc-3

प्रतियोगिता हेर्न विभिन्न समुदायको करिब ३०० जति दर्शकहरुको उपस्थिति रहेको थियो । बर्मा, कङो, इथोपिया, सोमालिया, भुटान लगायत नेपाली समुदाय एक ठाउँमा भएको उक्त प्रतियोगितामा ग्लोबल भुटानिज कमुनिटी कोलोराडो र कोलोराडो अफ्रिकन अर्गनाइजेसनको संयुक्त पहलमा रेफ्युजी रक द भोट भन्ने कार्यक्रम पनि सन्चालन गरिएको थियो । उक्त अवसरमा ग्लोबल भुटानिज कमुनिटी कोलोराडो लगायत विभिन्न समुदायका नयाँ अमेरिकन नागरिकलाई प्रथम पटक भोटमा साहभागिताको लागि भोटिङ रजिस्ट्रेसन र भोट सम्बन्धी सचेतना गराउने कार्यक्रम सञ्चालन भएको थियो भने सोही अवसरमा ग्लोबल भुटानिज कमुनिटी कोलोराडोले कोलोराडो अफ्रिकन अरगनाइजेसनबाट कम्युनिटी एक्सन अवार्ड प्राप्त गरेको थियो ।

gbcc-13

gbcc-12

gbcc-11

gbcc-10

gbcc-8

gbcc-7

gbcc-6

gbcc-5

gbcc-4

gbcc-2

gbcc-1

 

Loading...

यसमा तपाइको मत