चुनौती मोलेर बगरमा माछा पालन

ईश्वर थापा - धनकुटा, १७ असोज

Published on October 2, 2016 at 11:24 am

unnamed-1

तीन दशकको लामो प्रयास पछि आफ्नै प्रबिधिमा खोलाको तटबन्धन गर्न सफल भएपछि धनकुटाका एक व्यक्तिले २३ लाख खर्चेर त्यसै खेर गईरहेको बगरमा माछा पालन शुरु गरेका छन् । धनकुटाको बुढिमोरङ्ग गाविस वडा नं. ५ का ६४ बर्षिया देव ईवाहाङ्ग लिम्बुले जिल्लाकै भेडेटार गाविस स्थित फलामेटारको लेउती खोलामा रहेको आफ्नो ३५ रोपनी खोला बगिरहेको बगर जमिनको तटबन्धन गरेर व्यबसाय शुरु गरेका हुन् ।

२०४१ सालको बाढीले बगेको जमिन मा अनेकौ प्रबिधि अपनाउँदा पनि खोला पसेर पटक पटक जमिन बगाएपछि लिम्बुले २०७२ सालमा आफ्नै अनुभवमा अपनाएको ‘करुवा’ बिधिको तटबन्धन सफल भएपछि व्यबसाय शुरु गरेको लिम्बुले जानकारी दिए ।

हाल १० रोपनी क्षेत्रफलमा ४ वटा ठूला पोखरी निर्माण गरी १८ हजार विभिन्न जातका माछा लगाएर व्यवसाय शुरु गरेको लिम्बुले आगामी ५ बर्ष भित्रमा सबै जमिनमा माछापालन पुरा गर्ने लक्ष्य रहेको बताए । हाल निजी १० लाख रुपैयाँ र माछापुच्छ्रे बैंक धनकुटा शाखाको १३ लाख रुपैयाँ लगानी रहेको उक्त बगरको माछा फर्म निर्माण पुरा भएपछि उक्त स्थानमा माछाको परिकार खुवाउने होटल सञ्चालन गरिने लिम्बुले जानकारी दिए ।

हाल धनकुटामा चार हेक्टर क्षेत्रफलमा चार दशमलव ९६ मेट्रिकटन माछा उत्पादन हुने जिल्ला कृषि बिकास कार्यालयको तथ्यांक छ ।

Loading...

यसमा तपाइको मत