कार्य नेपालको आयोजनामा बुटवलमा कालीका नाच भव्यताका साथ सम्पन्न (भिडियो सहित)

समिर प्रकाश पाण्डे-बुटवल १६ असोज

हाम्रो संस्कृति हाम्रो सान, परम्परागत कालीका नाँच हाम्रो पहिचान करिब ५ हजार वर्ष पहिले देखि शक्तिका रूपमा मनाउँदै आइएको परम्परागत नाँच कालीका नाँचको संरक्षण गर्ने हेतुले बुटवलको देविनगरमा आयोजना गरिएको कालीका नाँच भव्य तथा सब्य तरिकाले सम्पन्न भएको छ ।

दुर्गा भवानीको संहार रूप कालीका देवीले महीसासुर राक्षसलाई संहार गरेपछि उहाँकै सम्झनामा नाचिने कालीका नाँचमा बुटवलका स्थानीय तथा अरू जिल्लाबाट आई बसोबास गर्नेहरुको बाक्लो उपस्थिति थियो ।unnamed-10

हाम्रो धर्म र संस्कृतिसँग जोडिएको उपयोगिताबादी प्रवृत्ति अन्तरनिहीत यस परम्परालाई कार्य नेपाल ले संरक्षण गर्न खोजेकोमा उपस्थित बुद्धिजिवीहरुले बदाई तथा शुभकामना दिएका थिए कार्यक्रममा प्रमुख अतिथि रुपन्देहि प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, बिशिष्ठ अतिथि अञ्चल प्रहरी प्रमुख शेरबहादुर बस्नेत, त्यस्तै जिल्ला प्रहरी प्रमुख बुद्धि राज गुरुङ्, अतिथि नेपाल पत्रकार महासङ्घ का निबर्तमान अधक्ष्य दीपक ज्ञावाली, शान्ति समिति संयोजक रुपन्देही का निबर्तमान अधक्ष्य ज्ञानु पौडेल, केरुङ्गाली समाज का संस्थापक अधक्ष्य खिमानन्द पाण्डे, देबिपुर समाज का अधक्ष्य दुर्गा खनालको उपस्थिति थियोे ।unnamed-11

देबिपुर सेवा समाज र केरुंगा बुटवल सम्पर्क समाज ले सहकार्य गरेको उक्त कार्यक्रम को आयोजना कार्य नेपालले गरेको थियो भने कार्यक्रम को अध्यक्षता कार्य नेपालका अध्यक्ष राजिब खनालले गर्नु भएको थियो ।

 

 

Published on October 1, 2016 at 9:04 pm

Loading...

यसमा तपाइको मत