काठमाडौंमा बलिउड अभिनेत्री उर्बसीको क्याटवाक

विआरटी नेपाल सम्बाददाता- काठमाडौं १६ असोज

 बलिउड अभिनेत्री तथा अन्तराष्ट्रिय मोडल उर्बसी रौटेलाले काठमाडौंमा क्याक्टवाक गरेकी छिन् । युहान इन्टरनेशनल इभेन्ट्स प्रालिको निमन्त्रणामा शुक्रबार बिहिबार राती उनी काठमाडौं आएकी थिईन् । युहान इन्टरनेशनल इभेन्टस्द्धारा शुक्रबार अबेर रात राजधानीको आर्मी अफिसर्स क्बलमा आयोजित ‘दोस्रो मोडल क्वेस्ट इन्टरनेशल नेपाल–२०१६ मा अभिनेत्रीरौटेलाले शोज स्टपरको रुपमा क्याटवाक गरिन् ।

brt5

 

सो प्रतियोगिताका २० जना पुरुष मोडल प्रतियोगी र २१ जना महिला मोडल प्रतियोगीसँग उनले बिशिष्ट अतिथिको रुपमा क्याटवाक गरेकी हुन् । पहिलो पटक आफु नेपाल आएको र नेपालीबाट धेरै मायाँ पाएको उनले बताईन् । उर्बसीले सो प्रतियोगिताका बिजेताहरुलाई ट्रफी र अवार्ड प्रदान गरेकी थिईन् । अभिनेत्री उर्वसीसँगै आएका बलिउड गायक अली कुली मिर्जाले दोस्रो मोडल क्वेस्ट इन्टरनेशल नेपाल–२०१६को सो कार्यक्रममा आफ्ना आधा दर्जन गीत प्रस्तुत गरेका थिए । भुरे भुरे हम…सहित आफ्ना चर्चित गीतमा दर्शकलाई नचाए । सो प्रतियोगी राती ११ः४५मा सकिएपछि अभिनेत्री उर्बसी र गायक अली दरबारमार्ग स्थित भिक्ट्र लन्जमा अतिथिका रुपमा सहभागी भएका थिए । त्यहाँपनि अलीले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरे ।

brt6

शनिबार अबेर रातसम्म ‘दोस्रो मोडल क्वेस्ट इन्टरनेशल नेपाल–२०१६ मा महिला मोडल तर्फ आफ्ना २० प्रतिस्पर्धीलाई पछी पार्दै प्रिय लिम्बुले उपाधि जितिन् । प्रतियोगितामा उनले उत्कृष्ट प्रस्तुत दिएर फोटोजेनिक सहित मोडल क्वस्टको उपाधि जितेकी हुन् । यस्तै रेजल रोक्कले भिवर्स च्वाईस् र स्टाईलिस्ट सहित फस्ट रनर अपको उपाधि प्राप्त गरिन् । सिम्रन पराजुली मल्टिमिडिया अवार्ड सहित सेकेन्ड रनर अपबन्न सफल भईन् । यस्तै पुरुष मोडल तर्फ सचिन शाक्यले ‘दोस्रो मोडल क्वेस्ट इन्टरनेशल नेपाल–२०१६’को उपाधि जिते । उनले भिवर्स च्वाईसको अवार्ड पनि जिते । यस्तै बेस्ट पर्सनालिटी र पर्सनालिटी सहित अनुज मास्के फस्ट रनरअप भए । मिस्टर मल्टिमिडिया सहित इशान बिजु श्रेष्ठ सेकेन्ड रअन अप भए । अन्य अवार्डमा पुरुष र मोडल महिलाहरुमा बेस्ट वाक तर्फ एञ्जल श्रेष्ठ र निमेस आचार्य, कन्जििनियालिटीको अवार्ड आरती खड्का र शुरेश खड्काले, कमर्सियल फेशको अवार्ड अञ्जु भण्डारी र मनिष रानाभाटले जिते।

म्यानेजमेन्ट च्वाईस सुप्रिया र दिपेश धिमाल घोषित भए । पब्लिक च्वाईस्को अवार्ड सन्तोष श्रेष्ठ र मिस्टर फोटोजेनिकको अवाड सक्षम शाक्यले जिते । सो प्रतियोगिताको निर्णायकमा पत्रकारहरु डब्बु क्षत्री, सुमित जबरा, सिजी मोटर्सका सुनिल खेतान, चलचित्र निर्माता सुमन बिष्ट, सौन्दर्यविद् एव. फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा र मोडल पविना खड्का थिए ।

brt5

रोजिन शाक्यको कोरियोग्राफी र रौनक रौनियारको ब्यबस्थापनमा सम्पन्न सो प्रतियोगिता नेपाली किशोर किशोरीलाई अन्तराष्ट्रिय मोडलसँगै ¥याम्पमा उतारेर उनीहरुलाई मोडलिङ पेशामा ल्याउन आयोजना गरिएको युहान इन्टरनेशनलका प्रबन्ध निर्देशक सानु खानले बताए ।

Published on October 1, 2016 at 9:03 pm

Loading...

यसमा तपाइको मत