भारत-पाकिस्तान बिचको कलहले सार्क सम्मेलन स्थगित

विआरटी नेपाल सम्बाददाता-काठमाडौं, १५ असोज

आउँदो नोभेम्बरमा पाकिस्तानको इस्लामाबाद हुने भनिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं शिखर सम्मेलन पाकिस्तानले स्थगित गर्ने घोषणा गरेको छ । भारत पाकिस्तानबिच पछिल्लो समय भारत प्रशासित काश्मिरको उडी सेक्टरमा भएको आक्रमणमालाई लिएर भएको बिबादका कारण पाकिस्तानले आउँदो नोभेम्बर ९ र १० का लागि तय भएको सार्क सम्मेलन स्थगित भएको घोषणा गरेको हो ।

पाकिस्तानको विदेश विभागले एक वक्तव्य जारी गर्दै सम्मेलनको नयाँ मिति चाँडै नै सार्वजनिक गरिने उल्लेख छ । भारतले सम्मेलनमा भाग नलिने घोषणा गरेको तथा सम्मेलनका लागि बाधा उत्पन गरेको आरोप पाकिस्तानले लगाएको छ ।

यसअघि नै श्रीलंकाले पनि पाकिस्तानमा हुने सार्क सम्मेलनमा भाग नलिने घोषणा गरेको थियो भने भारत सहित अफगानिस्तान, बंगलादेश र भुटानले पनि पाकिस्तानको इस्लामाबादमा हुने सार्कको १९ औं सम्मेलनमा भाग नलिने बताएका छन् ।

यस्तै  भारत प्रशासित काश्मिरको उडी सेक्टरमा भएको आक्रमणमालाई लिएर भारतीयहरुले पाकिस्तानबको बिरोध गरेपछि पाकिस्तान सिनेमाघरले पनि आफ्नो देशका सैनिकको समर्थनमा भारतीय चलचित्र प्रदर्शन बन्द गर्ने निर्णय गरिएको बताएका छन् । भारतमा पाकिस्तानी कलाकारहरुको विरोध भइरहेको छ भने महाराष्ट्र नवनिर्माण सेनाले पाकिस्तानी कलाकारलाई भारत छोड्न चेतावनी पनि दिएको छ ।

Published on October 1, 2016 at 1:31 am

Loading...

यसमा तपाइको मत