अमेरिकाले गर्योे- नेपाली नागरिक लुना रञ्जितको नाममा दिवसको घोषणा

विआरटी नेपाल सम्बाददाता-न्यूयोर्क, १५ असोज 

नेपाली नागरिक लुना रञ्जितको नाममा अमेरिकाको न्यूयोर्कमा लुना रञ्जित दिवस मनाइने भएको छ । अमेरिकामा रहेका विभिन्न देशका नागरिकका लागि शिक्षा, स्वास्थ्य, अनुवाद, रोजगारीका लागि अधिकार नामको संस्था खोलेर ११ वर्षदेखि ति क्षेत्रमा सहयोग गर्दै आएकी लुना रञ्जितको योगदानको कदर गर्दै न्यूयोर्कका मेयर ब्याजियोले उनको नाममा हरेक सेप्टेम्बर २८ तारिखमा दिन लुना रञ्जित दिवस मनाउने घोषणा गरेका हुन् ।

लुनालाई यसअघि ग्रिनेल कलेजले एक लाख डलरको पुरस्कारले सम्मानित गरेको थियो भने लुनाको संस्थागत पहलमा न्यूयोर्कमा घरेलु कामदार बालबालिकाको अधिकार सम्बन्धी कानुन पनि पारित भएको छ ।

Published on October 1, 2016 at 12:52 am

Loading...

यसमा तपाइको मत