धुर्मुसले माफी माग्दै भने, लक्ष्य अनुसार काम पुरा गर्न सकेनौँ (भिडियो सहित)

सिन्धुपाल्चोक

हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले सिन्धुपाल्चोकमा निर्माणाधीन गिरान्चौर एकीकृत बस्ती पूर्व निर्धारित समयमा सम्पन्न गर्न नसकेको भन्दै माफी मागेका छन् । बस्ती निर्माण सुरु गर्दा घटस्थापनाको दिन हस्तान्तरण गर्ने लक्ष्य राखिएपनि सो लक्ष्य पुरा नभएपछि उनले प्रेस विज्ञप्ति र भिडियोमार्फत सहयोगीदाता र शुभचिन्तकसँग क्षमायाचना गरेका हुन् । निरन्तरको झरीले काममा निकै बाधा पु¥याएकाले दसैँ अघि बस्ती हस्तान्तरण गर्न नसकिएको धुर्मुस सुन्तली फाउण्डेशनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । दिनरात खट्दा पनि तोकिएको समयमा काम सम्पन्न नभएकोप्रति दुख व्यक्त गर्दै फाउण्डेशनका अध्यक्ष धुर्मुसले दसैँ नै गिरान्चौरमा बसेर मनाउने बताएका छन् । भिडियो हेर्नुहोस् ।

bigyapti

Published on September 30, 2016 at 11:58 pm

Loading...

यसमा तपाइको मत